Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड स्टार विललाई ऐश्वर्यासँग काम गर्ने इच्छा

एजेन्सी, मुम्बई, 2018/10/08
हलिउड स्टार विल स्मिथ एक समिटमा उपस्थिति हुन भारत पुगेका छन् । फरहान अख्तरसँग एक विशेष सेशनमा विलले बलिउडमा एक डान्स सिक्वेन्स गर्न र अभिनेत्री ऐश्वर्या रायसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् । 
 
 
समिटभन्दा पहिला विल, करण जौहर, रणवीर सिंह र अक्षय कुमारसँग रमाइलो गर्दै देखिएका छन् । योभन्दा अगाडि उनी भारत तब आएका थिए जब अक्षयले केही वर्ष अगाडि आफ्नो घरमा खास पार्टी राखेका थिए । 
 
उनी करणको टक शो 'कफी विद करण' मा पनि अतिथी भएर पुगेका छन् । खबरअनुसार, रणवीर सिंह र अक्षय कुमार भएको सेशनमा विल देखिनेछन् । एपिसोडको छायांकन शनिबार मुम्बईमा पूरा भइसकेको छ । 
 
रणवीर, करण र विल स्मिथले एपिसोडपछि साथमा खाना पनि खाएका थिए । विलले आफ्नो सोसल मिडिया एकाउन्टमा केही तश्बिर शेयर गरेका छन् । भारतीय मिडियाका अनुसार, उनले करण जौहरको प्रोडक्शन हाउसको फिल्म 'स्टूडेन्ट अफ द ईयर २' मा पनि केमियो रोल गरेका छन् । 
 
फिल्मका लिड स्टारकास्ट तारा सुतारा, अनन्या पान्डे र टाइगर श्राफसँग विलले भेटघाट गरेका छन् । धर्मा प्रोडक्शनको आधिकारिक इन्स्टाग्राम पेजबाट केही तश्बिर शेयर गरिएको छ, जसमा विल स्मिथ फिल्मका स्टारकास्टसँग रमाइलो गर्दै देखिएका छन् । 
Most Visited News (monthly)