Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवलको फिल्ममा दीपिकासँग रोमान्स गर्दै पुष्पल

फिल्मीखबर, काठमाण्डौ, 2018/10/08
'अझै पनि' निर्मात्री पुनम गौतमले निर्माण गर्न लागेको नयाँ प्रोजेक्टमा 'ऐश्वर्य' फेम्ड अभिनेत्री दीपिका प्रसाईँसँग अभिनेता पुष्पल खड्काले रोमान्स गर्ने फाइनल भएको छ । फिल्मलाई 'मंगलम' फेम्ड निर्देशक नवल नेपालले निर्देशन गर्दैछन् । 
 
 
नाम गोप्य राखिएको फिल्मका लागि दीपिकाले ४ लाखमाथि पारिश्रमिक बुझेको खबर छ । उनीभन्दा अगाडि फिल्मका लागि साम्राज्ञी आरएल शाह, जसिता गुरुङ, आँचल शर्मा, प्रियंका कार्कीसँग कुरा भएको थियो । फिल्ममा तीन हिरोइन हुनेछन् । 
 
सो फिल्ममा यसअघि नै पुष्पल र लण्डनले भिसा नदिएपछि 'लिलिबिली' मा प्रदीप खड्कासँग रोमान्स गर्न नपाएकी रेविका गुरुङ अनुबन्ध भइसकेका थिए । फिल्मका लागि एक अभिनेत्री भने अमेरिकाबाट नेपाल आउने निर्मात्री पुनमले जानकारी दिइन् । 
 
पुष्पलले महसंचारको फिल्म 'दाल भात तरकारी' गरेपछि उक्त फिल्मको छायांकन सुरु हुनेछ । निर्माण टिमको तयारी माघ १५ गतेबाट फ्लोरमा निस्कने छ । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । 
Most Visited News (monthly)