फिल्म रिलिज अगावै सिक्वेल घोषणा गर्ने र हिट फिल्मको सिक्वेल तन्क्याउने अचेल नेपालमा ट्रेन्ड नै चलेको छ । रिलिज अगावै सिक्वेल घोषणा भएका फिल्महरु बक्सअफिसमा चुलुम्मै डुबेपछि धेरै निर्माताहरु कुना पसेका यहाँ थुप्रै उदाहरणहरु छन् ।
हिट भएपछि भने ब्रान्ड बेचेर पैसा कमाउनकै लागि पनि सिक्वेल निर्माण हुँदै आएका छन् । खरा निर्माताको रुपमा चिनिने 'लुट' मेकर्स माधव वाग्लेले पनि फिल्म ‘चङ्गा चेट’ रिलिज नहुँदै सिक्वेल बनाउने घोषणा गरेका छन् । तर, फिल्म हिट भयो भने मात्र ।
.jpg)
'लुट' को तेस्रो सिरिज हो ‘चङ्गा चेट’ ? ‘चङ्गा चेट’ को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्नमा निर्माता वाग्लेले भने, 'दुई फिल्ममा आकाश-जमिनको फरक छ । कथा मिल्दैन । ‘चङ्गा चेट’ हिट भयो भने चाहिँ ‘लुट चङ्गा लुट’ नाममा यसको सिक्वेल बनाउँछु ।'
उनले कलाकार र निर्देशक छनौट भने फिल्म हिट भएपछि घोषणा गर्ने बताए । ‘चङ्गा चेट’ को प्रयोजनका लागि बनाइएको नक्कली नोटका कारण झन्डै दुई महिना जेल जीवन विताएपछि २५ लाख धरौटीमा उनी रिहा भएका थिए ।
वाग्ले उक्त फिल्म आफ्नो जीवनसँग मेल खाने बताउँछन् । उनले दशैंमा फिल्म रिलिज गर्ने तयारी भएपनि 'छक्का पञ्जा ३' र 'जय भोले' का कारण तिहारमा पुगेको बताए । यो फिल्म कात्तिक १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

