फिल्म अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि लगाएको 'सेक्सुअल ह्यारेस्मेन्ट' को आरोपपछि बलिउडमा ठूलो बहसको जन्म भएको छ । तनुश्रीको आरोपमा नानाले पटक-पटक पहिला पनि प्रेस कन्फ्रेन्समा आफ्नो कुरा बताइसकेका छन् । फेरि एकपटक उनले तनुश्रीको आरोपलाई झुट भनेका छन् ।
नानाले भने, 'जुन झुट हो, त्यो झुट नै हो । अहिले म ज्यासलमेरमा एक फिल्मको छायांकन गरिरहेको छु । ७ वा ८ अक्टोबरमा म मुम्बई फर्किनेछु र हरेक एक सवालको प्रश्न दिनेछु र वास्तविकता मिडियालाई बताउनेछु ।' नानाले आफ्नो चरित्र साबित गर्न आवश्यक नभएको पनि बताएका छन् ।
तनुश्रीको आरोप बारे उनले अगाडि भने, 'यो तपाईहरुमा निर्भर गर्छ कि कुन कुरामा भरोसा गर्नुपर्छ । के तपाईहरुलाई लाग्छ कि म यति फोहोरी मान्छे हुँ ? के मानिसहरु मेरो बारेमा केही पनि जान्दैनन् ? मलाई मेरो असल चरित्रलाई साबित गर्न कुनै आवश्यकता छैन ।'

'म फिल्ममा बढी डान्स गर्दिनँ, अनि म कसैलाई कसरी अश्लिल स्टेपलाई लिएर किन भन्छु ? यस्तो अवस्थामा म यी सबै आरोपलाई वेवास्था गरेर भन्न सक्छु कि उनी (तनुश्री) झुट बोलिरहेकी छिन् र मेरो इमेज खराब गरेकोमा उनलाई कोर्टसम्म लैजान सक्छु । यसको अलावा म पनि के गर्न सक्छु र ?', उनले भने ।
तनुश्री दत्ताले जसरी आरोप नाना पाटेकरमाथि लगाएकी छन्, त्यसले बलिउडमा एक नयाँ बहस छेडेको छ । तमाम सेलेब्सले तनुश्रीको हिम्मतको प्रशंसा गरेका छन् । ट्विंकल खन्ना र प्रियंका चोपडाले उनको कदमलाई साहसी बताएका छन् । तर, तनुश्रीले दुबै एक्ट्रेसको सपोर्टमा सवाल उठाइदिएकी छन् ।
के हो मामला ?
तनुश्रीले नाना पाटेकरमाथि छायांकनको बेला गलत व्यबहार र यौन उत्पीडनको आरोप लगाएकी छन् । उनले २००८ मा एक फिल्मको छायांकनको क्रममा नानामाथि आफूसँग जबर्जस्तीको कोशिश गरेको आरोप लगाएकी छन् ।
उनले भनेकी छन्, 'नानाको सेटमा आवश्यकता हुँदैन थियो, फेरि पनि उनी आउँथे र कोरियोग्राफरलाई तिमी हट म डान्स सिकाउँछु भन्थे । नानाले सुटिङको पहिलो दिनबाट नै मसँग गलत हर्कत सुरु गरेका थिए ।'
तनुश्रीले अगाडि भनेकी छिन्, 'नानाले केवल मलाई ह्यारेस्मेन्ट मात्र गरेनन् सेटमा पोलिटिकल पार्टी एमएनएसलाई बोलाएर मेरो गाडी तोडफोड पनि गरेका थिए । जब एमएनएसका व्यक्तिले मेरो गाडी तोडफोड गर्न लागेका थिए तब निर्माताले पनि रोकेनन् किनकी उनीहरुलाई पब्लिसिटी मिलिरहेको थियो ।'

