Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा इन्टु-मिन्टुसँग फिल्म हेर्न पाइने

फिल्मीखबर, काठमाण्डौ, 2018/10/07
नेपालबाट प्रदर्शनको दुई हप्तामा साढे ४ करोड ग्रस कलेक्सन गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ अब विदेशका विभिन्न देशहरुमा प्रदर्शन हुँदैछ । विदेशमा सर्वाधिक डिमान्ड रहेको फिल्मले अष्ट्रेलियाबाट विदेश प्रदर्शनको आरम्भ गर्ने भएको छ । 
 
फिल्मलाई अष्ट्रेलिया भित्र्याउने एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीका अनुसार ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो प्रदर्शन ११ अक्टोबरमा एडिलेटमा हुनेछ । यस्तै, १२ अक्टोबरमा सिड्नीको बरउड रहेको इभेन्ट सिनेमामा हुने तय भएको छ । 
 
 
फिल्मको क्रमशः मेलबर्न, तासमनिया र क्यानभरालगायतका सहरहरुमा पनि शो हुने उप्रेतीले बताए । फिल्मको प्रदर्शनमा सहभागी हुन अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर उपस्थिति हुने कार्यक्रम छ ।
 
रेनाशा वान्तवा राई निर्देशित फिल्मलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् । 
 
आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्ममा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणाको पनि अभिनय छ । 
Most Visited News (monthly)