सुपरस्टार अनमोल केसी अभिनीत छैटौं प्रोजेक्ट ‘क्याप्टेन’ को रिलिज डेट घोषणा गरिएको छ । पटक-पटक विभिन्न मितिमा प्रदर्शन हुने चर्चा भएपनि अब उक्त फिल्म महाशिवरात्रीको छेकोमा रिलिज हुने पक्का भएको छ ।
वितरक मनोज राठीले ‘क्याप्टेन’ फागुन १७ गते प्रदर्शनमा आउने औपचारिक जानकारी दिएका छन् । फिल्मीखबरसँग कुरा गर्दै उनले भने, 'यो मितिभन्दा बाहेक हामीसँग अरु कुनै अप्सन नै छैन । फिल्म फागुन १७ लाई नै लक हो ।'
(2).jpg)
उक्त मितिमा फिल्म रिलिज हुन लाग्नुको पछाडि फागुन २० गते सोमवार परेको महाशिवरात्रीको सार्वजनिक विदा हो । यो फिल्ममा अभिनेता अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निभाएका छन् । दीवाकर भट्टराई फिल्मका निर्देशक हुन् ।
भिएफएक्सको अधिक प्रयोग हुने फिल्ममा अनमोलको अपोटिजमा दुई नव अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । भुवन केसी निर्मित ‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

