Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मणिकर्ण‍िका’ भर्सेज ‘सुपर ३०’ : पूर्व प्रेमी-प्रेमिकाको भिडन्त

एजेन्सी, मुम्बई, 2018/10/06
बलिउडमा २०१९ को सुरुवात ठूलो भिडन्तबाट हुने भएको छ । एकअर्काप्रति सधैं तिखो प्रहार गर्दै आइरहेका दुई ठूला स्टार्स २५ जनवरीमा एकअर्कासँग भिड्दैछन् । अरु कोही नभएर पूर्व प्रेम जोडी कंगना रनौत र ऋतिक रोशन बक्सअफिसमा पहिलो पटक आमने-सामने हुन लागेका हुन् । 
 
कंगनाको फिल्म 'मणिकर्णिका : द क्वीन अफ झाँसी' र ऋतिकको फिल्म 'सुपर ३०' एकसाथ रिलिज हुँदैछन् । 'मणिकर्णिका' रानी लक्ष्मीबाईको जीवनमा आधारित हो भने 'सुपर ३०' आनन्द कुमारको कोचिङ सेन्टरमा आधारित छ । 
 
 
बक्सअफिसमा टकरावको बारेमा 'मणिकर्णिका' का निर्माता कमल जैनले भने, 'हामीले फिल्म रिलिज गर्ने तारिख निकै सोच-विचार गरेर तय गरेका हौं । यो तारिख हाम्रो जीवनमा महत्व भएका कारण १५ अगस्टमा हामीले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका थियौं ।'  
 
निर्माताले अगाडि भने, '१५ अगस्ट होस् या टिजर रिलिजको तारिख २ अक्टोबर र २५ जनवरीमा फिल्म रिलिजको मौका यो सबै तारिख, राष्ट्रवादी भएको नाताले सिधा रुपमा त्यससँग कहीँ न कहीँ जोडिएको छ । फिल्म यही शैलीको छ र यसले दर्शकलाई प्रेरित गर्नेछ ।' 
 
‘मणिकर्ण‍िका’ को निर्देशन नेशनल अवार्ड विनर डाइरेक्टर कृष जगारला मुन्डीले गरेका हुन् । भारतीय मिडियाका अनुसार, ४५ दिनको सेड्युलमा फिल्मको केही भागको निर्देशन अभिनेत्री कंगान स्वंमले गरेकी हुन् । यस्तै, ऋतिकको फिल्म 'सुपर ३०' का निर्देशक विकास बहल हुन् । 
Most Visited News (monthly)