Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

नीताजी, फिल्म बनाउने गफै त होइन ?

फिल्मीखबर, काठमाण्डौ, 2018/10/05
नयाँ-पुराना नेपाली अभिनेत्रीहरुले फिल्म निर्माण गर्ने क्रम बढ्दो छ । नेपाली फिल्म क्षेत्र व्यवसायिक बन्दै गर्दा अभिनेत्रीहरु अभिनयमा मात्र सीमित नरहेर फिल्म निर्माणतर्फ पनि सक्रिय हुन थालेका छन् । करिश्मा मानन्धर, रेखा थापा, झरना थापा, निशा अधिकारी, केकी अधिकारीलगायत यसका उदाहरण हुन् । 
 
अब प्रियंका कार्की पनि निर्मात्री बन्दैछिन् । अर्को वर्ष उनले फिल्म बनाउने चर्चा छ । फिल्म निर्माण गर्ने तरखरमा अभिनेत्री नीता ढुंगाना पनि छिन् । उनले एक वर्ष अगाडि नै आफ्नो २५ औं जन्मदिनमा 'नीता फिल्मस् प्रोडक्सन' लञ्च गर्दै फिल्म बनाउने घोषणा गरेकी थिइन् । 
 
 
हालै उनले आफ्नो २६ औं जन्मदिन मनाइन् । फेरि भनिन्, 'चाँडै फिल्म बनाउँछु ।' लगातार असफलता भोगेपछि आँफै निर्मात्री बन्न लागेको उनको भनाई थियो । तर, कहिले ? फिल्म बनाउछु भनेर गफ दिएको पनि उनले एक वर्ष वितिसकेको छ । कतै चर्चाका लागि त उनले निर्मात्री बन्छु भनेकी होइनन् ? 
 
हुनत, फिल्म निर्माण गर्नु 'भाडाकुटी खेल' पक्कै होइन । लगालग फिल्महरु बक्सअफिसमा डुबेको डुब्यै छन् । यो कुराबाट उनी अनविज्ञ त अवश्य छैनन् । स्रोतका अनुसार, अहिले उनी फिल्म निर्माणमा आफूसँग सहकार्य गर्ने लगानीकर्ता खोज्दैछिन् । 
 
फिल्म बनाउने उद्घोष गरेपछि लगानी गर्न अगाडि सरेका केही निर्माताहरु विभिन्न बाहनामा पाखा लागेपछि उनी एकल लगानीमा फिल्म निर्माण गर्ने जोखिम उठाउन चाहेकी छैनन् । २६ औं जन्मदिनमा उनले स्क्रिप्ट चित्त नबुझेर पनि फिल्मको काम अगाडि बढाउन नसकेको बताएकी थिइन् । 
 
आशा गरौं, नीताले फिल्म बनाउने केबल बोलीमा मात्र सीमित हुने छैन । 
Most Visited News (monthly)