‘२.०’ रिलिज डेट कुरेर बसिरहेको अवस्थामा सुपरस्टार रजनीकान्त स्टारर नयाँ फिल्म ‘पेटा’ को सेकेन्ड लुक रिभिल गरिएको छ । सन पिक्चर्सको फिल्मको पोस्टरमा ६७ वर्षका रजनीकान्त आफ्नो उमेरभन्दा आधा देखिएका छन् ।

उनले सेतो रंगको कपडा र निधारमा चन्दन लगाएका छन् । यसका अलावा उनले आफ्नो जुँगा पनि लामो राखेका छन् । रजनीकान्तको यो लुक निकै सानदार देखिएको छ । फिल्मको पहिलो पोस्टरमा उनी निकै अलग अन्दाजमा देखिएका थिए ।
कार्तिक शुभराजको निर्देशनमा बनिरहेको यो फिल्मको अहिले छायांकन भइरहेको छ । सुपरस्टार रजनीकान्तको यो १६५ औं फिल्म हो । ‘पेटा’ एक राजनीतिक ड्रामा फिल्म हो । फिल्ममा नवाजउद्दीन सिद्दिकीको विशेष भूमिका छ ।
नवाजउद्दीनको रजनीकान्तसँग यो पहिलो फिल्म हो । ‘पेटा’ मा विजय सेतुपति, सिमरन, तृषा, बबी सिंह, सनथ रेड्डी र मेघा आकाशको पनि प्रमुख भूमिका रहनेछ । फिल्ममा निरुद्ध रविचन्दरको संगीत छ । ‘२.०’ रिलिजपछि उक्त फिल्म रिलिज हुनेछ ।

