
हरेक हप्ता दुई-तीन फिल्म रिलिजको घम्साघम्सी हुँदै आएको नेपाली फिल्म उद्योगमा यस हप्ताको शुक्रवार एक मात्र फिल्म रिलिज भएको छ । राजु गिरी निर्देशित फिल्म ‘निर्जला’ यस हप्ताको प्रतिनिधित्व गर्दै शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो ।
फिल्मले गाउँले परिबेशको कथा भन्छ । फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायतको अभिनय छ ।
प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ लाई निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक भन्न चाहन्छन् । फिल्ममा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।

