Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दैलो’ ट्रेलर : ‘छोरा चाहिन्छ भन्नु मुर्खता हो’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/04
 
कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दैलो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सामाजिक मुल्यमान्यता, दाइजो र आमा-बुबाको छोरा-छोरीप्रतिको प्रेम ट्रेलरमा देखाउन खोजिएको छ । 
 
सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् । 
 
निर्देशक उप्रेतीले बनिरहेका फिल्मभन्दा ‘दैलो’ फरक रहेको बताए । उक्त फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । फिल्मको कथा निर्देशक उप्रेतीकै हो ।
 
ट्रेलर :-

Most Visited News (monthly)