कहिले काहिँ निकै अप्रत्याशित नतिजा आउने गर्छ । बुधवार सार्वजनिक भएको फिल्म ‘दि कर्मा’ को गीतबाट अहिले निर्माण टिमले नसोचेको फिडब्याक पाइरहेको छ । ‘जवानीको बजार लाग्या छ’ गीतमा अभिनेत्री नीता ढुंगाना हाबी छिन् ।

एङ्ग्री लुक्समा देखिएकी अभिनेत्री परमिता आरएल राणा झल्याक–झुलुकमात्र देखिन्छिन् । तर, तारिफ उनकै बढी भइरहेको छ । ८८ हजार बढीले हेरिसकेको गीतलाई २ सय बढी कमेन्ट लेखिएका छन् । अधिकांशले परमिताको तारिफमा शब्द खर्चिएका छन् ।
बर्षा मगर लेख्छिन्, 'परमिताको गीत भनेर हेर्न आउने जति यता ।' रोजिना पौडेलले परमिताको लुक्स राम्रो भन्दै कमेन्ट गरेकी छन् । उषा मगरले परमिताको गीत भनेर मात्र हेरेको बताउँछिन् । गीतको कमेन्टमा उनको लुक्सलाई धेरैले रुचाएको प्रतिक्रिया दिएका छन् ।
नीताका लागि पनि राम्रा कमेन्ट लेखिएका छन् । तर, गीतमा उनी हाबी भएपनि तारिफ भने परमिताको बढी भइरहेको छ । यो पहिलो पटक भएको भने होइन । यसअघि फिल्म 'चंगा चेट' को 'ढल्की ढल्की' गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी हाबी थिए । तर, दर्शकले परमितालाई अत्याधिक रुचाए ।
‘दि कर्मा’ को ‘जवानीको बजार लाग्या छ’ गीतमा उनको लुक्स, अभिनय र पहिरनको दर्शकले सर्वाधिक मन पराएको युट्युबको कमेन्ट बोल्छ । उनी फिल्ममा लेडी डनको भूमिकामा रहेको गीतमा देखिएको उनको लुक्सले खुलाउँछ । मंसिर ७ लाई फिल्मको प्रदर्शन मिति तोकिएको छ ।
भिडियो :-

