Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२५ करोडको ‘सुई धागा’ ले कमायो ६० करोड

एजेन्सी, मुम्बई, 2018/10/04
वरुण धवन र अनुष्का शर्मा स्टारर 'सुई धागा : मेड इन इन्डिया' ले बक्सअफिसमा जबर्जस्त कलेक्सन गरिरहेको छ । बलियो 'वर्ड अफ माउथ' ले फिल्मकोे कलेक्सनमा ठूलो प्रभाव पारेको छ । उक्त फिल्मले प्रदर्शनको ६ दिनमा ६० करोडको आँकडा छोएको छ । 
 
 
कमाईको रफ्तारबाट बलिउड पण्डितहरुले फिल्मलाई सुपरहिट भनेका छन् । २५ सय स्क्रिनमा रिलिज भएको ‘सुई धागा’ को कुल बजेट २५ करोड बताइएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले प्रदर्शनको ६ दिनमा ५९ करोड १५ लाख भारतीय रुपैयाँ कमाएको छ । 
 
शुक्रवार ८ करोड ३० लाखको कलेक्सन गर्दै बक्सअफिसमा राज गर्न सुरु गरेको फिल्मले शनिबार १२ करोड २५ लाख, आइतबार १६ करोड ५ लाख, सोमबार ७ करोड, मंगलवार ११ करोड ७५ लाख र बुधबार ३ करोड ८० लाखको कमाई गरेको छ । 
 

‘सुई धागा’ सँग रिलिज भएको विशाल भारद्वाजको फिल्म 'पटाखा' बक्सअफिसमा निकै पछाडि छुटेको छ । ‘सुई धागा’ को निर्देशन शरत कटारियाले गरेका हुन् । वरुण र अनुष्काका अलावा रघुवीर यादव, नमित दास र गोविन्द पान्डेले प्रमुख भूमिका निभाएका छन् । 
Most Visited News (monthly)