Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

घोषणामै सीमित हो प्रदीपको ‘दीपेन्द्र सरकार’ ?

फिल्मीखबर, काठमाण्डौ, 2018/10/04
पाँच तारे होटलमा निकै तामझामका साथ घोषणा गरिएको फिल्म हो ‘दीपेन्द्र सरकार’ । दरवार हत्याकाण्डमा मृत्यु भएका राजा दीपेन्द्र वीरविक्रम शाहको प्रेमकथामा आधारित हुने भनिएको फिल्ममा अहिलेका चर्चित अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने फाइनल भएको थियो । 
 
 
उनले फिल्ममा दीपेन्द्रको भूमिका निर्वाहा गर्दै थिए । 'प्रेमगीत २' रिलिजको एक महिना अगाडि निर्माता सन्तोष सेनले उक्त फिल्मको घोषणा गरेका थिए । फिल्मको घोषणामा प्रदीप दिपेन्द्रकै स्टाइलको पोशाकमा उपस्थित भएका थिए । तर, फिल्म घोषणाको एक वर्ष वितिसकेको छ । 
 
धेरैले उक्त फिल्म निर्माताले 'प्रेमगीत २' चलाउन अपनाएको फण्डा भनेका थिए । अहिले त्यो सत्य प्रमाणित हुँँदैछ । निर्माता सेनले फिल्म ५ करोड ५० लाखमा निर्माण गर्ने र ७५ सालको जेठ १९ गते प्रदर्शन गर्ने समेत घोषणा गर्न भ्याएका थिए । तर, उनले बोली पूरा गर्न सकेनन् । प्रदीपको 'प्रेमगीत २' सँगै 'लिलिबिली' र 'रोज' रिलिज भइसक्यो । 
 
निर्माता सेनको नयाँ फिल्म 'मेरी मामु' रिलिज भइसकेको छ । उनी चाँडै 'प्रेमगीत ३' को तयारी थाल्दैछन् । तर, ‘दीपेन्द्र सरकार’ घोषणामा नै सीमित भएको छ । अब यो फिल्म बन्छ वा बन्दैन ? अन्यौलमा छ । यस विषयमा अचेल न निर्माता सेन बोल्न चाहन्छन् न त प्रदीप नै । दुबै तैचुप मैचुप गरेर बसेका छन् । 
 
एउटा कुराले भने तपाईलाई आश्चर्यमा पार्न सक्छ । अभिनेता प्रदीपले आफ्नो आधिकारिक इन्स्टाग्राममा आफूले गरेका र गर्न बाँकी फिल्मको नाम उल्लेख गरेका छन् । डेब्यु फिल्म 'स्केप' देखि हाल छायांकन भइरहेको फिल्म 'लभ स्टेशन' सँगै फिल्म ‘दीपेन्द्र सरकार’ को नाम पनि लेखेका छन् । 
 
 
उनले 'लभ स्टेशन' पछि निर्देशक हेमराज विसीको फिल्म र 'प्रेमगीत ३' गर्ने चर्चा छ । फिल्म 'भैरवी' पनि उनले साइन गरिसकेका छन् । तर, प्रदीपले 'लभ स्टेशन' पछि ‘दीपेन्द्र सरकार’ लाई मात्र पाइपलाइमा राख्नुले फिल्म निर्माण हुने आश भने गर्न सकिन्छ । तर, कहिले ? यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ । 
Most Visited News (monthly)