Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षमा ५ प्रतिशत फिल्म मात्र हिट : सुनिल मानन्धर

फिल्मीखबर, काठमाण्डौ, 2018/10/03
केही वर्ष यताको आँकडा हेर्ने हो भने वर्षमा सयको आसपासमा फिल्म रिलिज हुँदै आएका छन् । त्यसमध्ये एक दर्जन फिल्म मात्र पुराना मेकर्सको हुन्छ भने अधिकांश नयाँ निर्माताले निर्माण गरेका हुन्छ । सयमा कति फिल्म हिट हुन्छन् त ? निर्माताको कुरामा विश्वास गर्ने हो भने कुनै पनि फ्लप छैनन् । 
 
रिलिजको दोस्रो दिनमा नै फिल्मले करोड कमायो भन्दै केक काट्नेदेखि सक्सेस पार्टी गर्ने अचेल चलन नै भइसकेको छ । तर, के बाहिर देखिएको झैँ वास्तवमै अधिकांश फिल्म हिट छन् त ? हक्की स्वभावका वितरक सुनिल मानन्धरले वर्षमा ९५ प्रतिशत फिल्म फ्लप हुने गरेको खुलासा गरेका छन् । 
 
 
बुधवार राजधानीमा आयोजित फिल्म 'प्रेमलीला' को प्रदर्शन मिति तथा पोस्टर सार्वजनिक कार्यक्रममा उनले यसवर्ष हिट भनिएका फिल्म नै ५० लाख घाटामा रहेको बताए । उनले फिल्म 'भैरे' बाट निर्माता ५० लाख घाटामा रहेको समेत भन्न हिचकिचाएनन् । 'करोडमाथि लगानीमा निर्माण भएको हो भने 'कायरा' पनि फ्लप छ', उनले भने । 
 
उनले अहिले घरेलु बजारबाट करोडमाथिको लागतमा निर्माण भएको फिल्मले लगानी सुरक्षित गर्न मुश्किल रहेको बताए । 'स्टार कलाकार लिएर एक करोड बढीको लागतमा फिल्म बनाए पनि लगानी सुरक्षित गर्न गाह्रो छ' वितरक मानन्धरले भने, 'म नयाँ निर्मातालाई त फिल्म नै नबनाउनु भन्छु ।' 
 
आफूलाई 'बक्सअफिस' भन्ने मानन्धरको यो भनाईले आफ्नो फिल्म हिट भएको भन्दै डंका फुक्ने धेरै निर्मातालाई गतिलै जवाफ दिएको छ । उनका अनुसार, यस वर्ष फिल्म 'नाई नभन्नू ल ५ 'ले मात्र लगानी सुरक्षित गर्न सफल भएको छ । 'रामकहानी' लाई पनि घाटा हुने उनले संकेत गरेका छन् । 
Most Visited News (monthly)