Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

यसरी बनेको थियो अक्षय र रजनीकान्तको ‘२.०’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/03
रजनीकान्त र अक्षय कुमार स्टारर ‘२.०’ भारतीय फिल्म इतिहासको सबैभन्दा महँगो फिल्म हो । यसको ओभरअल बजेट ५४३ करोड हो । मंगलवार  फिल्मको एक मेकिङको भिडियो रिलिज गरिएको छ, जसमा फिल्म टेक्निकल एंगलको बारे बताइएको छ । 
 
फिल्म ‘२.०’ मा २१ सय ५० भिएफएक्स सट्स छ, जसलाई हजार भिएफएक्स आर्टिस्ट्सले तयार गरेका हुन् । एस.शंकरको निर्देशनमा बनेको फिल्मका लागि १३ सय प्रि-भिजुअल सट्स लिइएको थियो । यसपछि कुल हजार कम्पलेक्स भिएफएक्स सट्स तयार भएको थियो । 
 
 
१० कन्सेप्ट आर्टिस्ट र २५ थ्रीडी डिजाइनर्सले ५ सय क्राफ्ट्सम्यानको मद्दतबाट यो बनाएका हुन् । यो काममा दुनियाँभरबाट ३ हजार टेक्निसियन सामेल थिए । टिजरमा अक्षय र रजनीकान्तको बीच कयौं फाइट सिन देखाइएको छ । 
 
यो सिनलाई दुनियाँका चर्चित द्वन्द्व निर्देशक केनी बेट्स, स्टवी ग्रिफिन, निक पावेल र सिल्वाको निर्देशनमा सुट गरिएको हो । फिल्ममा मोबाइल फोनको सिन सुट गर्नका लागि मेकर्सले एक लाख मोवाइल फोनको प्रयोग गरेका छन् । सुटिङ सुरु हुनुभन्दा पहिला नै नोकिया कम्पनीको चेन्नई प्लान्ट बन्द भएको थियो । 
 
मेकर्सले सबै फोन कम मुल्यमा खरिद गरेका थिए । ४० दिनसम्म नयाँ दिल्लीको फुटबल स्टेडियममा फिल्मको सुटिङ भएको थियो । कार र अन्य चिजलाई विस्फोट नगर्नु पर्ने भएकाले स्टुडियोभित्र सुट गरिएको हो । एक फाइट सिनमा चिट्टी आर्मीसँग लडिरहेका छन्, त्यसका लागि T-70 ट्यांकको डुब्लिकेट पनि बनाइएको थियो । 
 
‘२.०’ का लागि भारतीय ५० करोड रुपैयाँको भव्य सेटको निर्माण गरिएको थियो । पहिलो सेटको बजेट ३२ करोड थियो तर १० करोड स्पेशल चिज र ६ करोड स्पेशल व्हीकल्समा इन्भेस्ट गरिएको इभेन्ट छ । फिल्मको सेटलाई चेन्नईका हजार मजदुरले तयार गरेका हुन् ।  
 
भिडियो :-

Most Visited News (monthly)