.jpg)
निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्का अभिनीत फिल्म ‘प्रेमलीला’ को अफिसियल पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको प्रदर्शन मिति माघ २५ लाई तोकेको छ ।
पोस्टरमा दीपशिखा मात्र फिचर्ड छिन् । क्रोधित मुद्रामा उनी मुडुलो टाउकोमा देखिएकी छन् । उनी यो फिल्मलाई आफ्नो डेब्यु भन्न चाहन्छिन् । फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् ।
.jpg)
टिमसँगको शितयुद्धका कारण निर्देशक भने कार्यक्रममा उपस्थित भएका थिएनन् । यो फिल्मबाट भारतीय मोडल अली खानले डेब्यु गरेका छन् । उनले नेपाली फिल्ममा काम गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए ।
फिल्मको कथा अनुसार हिन्दी बोल्न सक्ने पात्रलाई न्याय दिनका लागि भारतबाट अली खानलाई झिकाएको अभिनेत्री खड्काले जानकारी दिइन् । नेपालकी युवती र भारतीय एक युवकको प्रेमकथा फिल्मले वाचन गर्ने बताइएको छ ।
.jpg)
फिल्मलाई सुनिल मानन्धरले देशभर वितरण गर्दैछन् । पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । दीपशिखा र अलीसँगै फिल्ममा मौसम खड्का, प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि अभिनय छ ।
फैजल फिल्मस्को ब्यानरमा नानीमैयाँ कार्की निर्माता रहेको फिल्मको कथा अभिनेत्री दीपशिखा स्वयमले लेखेकी हुन् । चन्दन दत्तको सम्पादन रहेको ‘प्रेमलीला’ मा रामजी लामिछाने र लोमस पौडेलको कोरियोग्राफी छ ।
.jpg)
चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटा, पत्रकार तथा फिल्म निर्देशक दीपेन्द्र लामा, चलचित्र समीक्षक समाजका महासचिव सामिप्यराज तिमिल्सनाले फिल्मको सफलताको कामना गरे । कार्यक्रममा चलचित्र पत्रकार द्वय जीवन पराजुली र मदन रिजालको 'बर्थ डे' केक पनि काटिएको थियो ।

