Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’ घटस्थापनाकै दिन (प्रमोसनल गीत)

फिल्मीखबर, काठमाडौं, 2018/10/03
असोज २४ अर्थात् घटस्थापनाको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ३’ को दशैं गीत रिलिज भएको छ । प्रमोसनल गीतका रुपमा तयार पारिएको १ मिनेट २१ सेकेण्डको गीतलाई 'पहिलो नम्बरमा' कै संगीतमा तयार पारिएको छ । 
 
 
डेबिड शंकरको स्वर रहेको गीतमा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालले र्‍याप हानेका छन् । दीपक शर्माको संगीत रहेको गीतको शब्द केदार घिमिरेले लेखेका छन् । गीतमार्फत् फिल्म घटस्थापनामा आउने जानकारी दिइएको छ । 
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् । 
 
‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)