Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अक्षय र रजनीकान्तको ‘२.०’ मा ऐश्वर्या पनि !

एजेन्सी, मुम्बई, 2018/09/30
अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’ को टिजर रिलिज भइसकेको छ । टिजर भिडियोलाई मिलेको सानदार रेस्पोन्सपछि अब केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । २९ नोभेम्बरमा फिल्म रिलिज हुँदैछ । 
 
भारतीय मिडियाका अनुसार, यो फिल्ममा बलिउड अभिनेत्री ऐश्वर्या राय गेस्ट अपियरेन्स गर्दै देखिन सक्नेछिन् । खबरअनुसार, उनको फिल्ममा चिट्टी अर्थात् रजनीकान्तसँग एक इमोसनल सिन हुनेछ । 
 
 
उक्त फिल्मको प्रिक्वेल 'रोबोट' मा फिमेल लिड रोल प्ले गरिसकेकी ऐश्वर्याको एक इमोसनल सिन ‘२.०’ मा देखाइनेछ । यो सिनमा ऐश्वर्या, चिट्टीसँग विदा माग्दै देखिन सक्नेछिन् । यो फिल्मको हिन्दी टिजरलाई अहिलेसम्म ३ करोड भन्दा बढीले हेरिसकेका छन् । 
 
करीब ५ सय करोडको बजेटमा निर्माण भएको फिल्मको मार्केटिङ र प्रमोशनमा मात्र डेढ सय करोड खर्च गरिँदैछ । यो भारतको अहिलेसम्मकै सबैभन्दा महँगो र एडभान्स फिल्म हुनेछ । यो फिल्ममा अक्षय भिलेनको भूमिकामा छन् ।
 
यस्तै, रजनीकान्त एकपटक फेरि रोबोट चिट्टी र साइन्टिस्ट वसीकरणको रुपमा फर्किएका छन् । एस.शंकरको निर्देशनमा बनेको फिल्म ‘२.०’ मा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ । 
Most Visited News (monthly)