Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आँखामा नबिझाउने निर्जला (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/30
राजु गिरी निर्देशित फिल्म ‘निर्जला’ को शिर्ष गीत सार्वजनिक भएको छ । ‘सबैकी प्यारी....’ बोलको गीतमार्फत् अभिनेत्री शुभेच्छा थापा आफ्नो बारे अरुले गरेको तारिफ सुनाउँदैछिन् । गीतमा मेलिना राईले स्वर भरेकी छन् । 
 
 
बाबुल गिरीको संगीत रहेको गीतमा राम रुवालीको शब्द छ । यस फिल्ममा शुभेच्छाका अलावा किशोर खतिवडा, निक शर्मा, श्याम राई, पल्पसा डंगोललगायतको अभिनय छ । 
 
असोज १९ गते आउने फिल्मले वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावसँगै त्रिकोणात्मक प्रेम वाचन गर्ने निर्देशक गिरीले बताए । 
 
फिल्ममा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ ले गाउँले परिबेशको कथा भन्छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)