Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘इन्टु मिन्टु लण्डनमा’ टिमको नयाँ फिल्म घोषणा, हिरो धिरज ?

फिल्मीखबर, काठमाण्डौ, 2018/09/26
हाल प्रदर्शनरत फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ टिमले नयाँ फिल्मको घोषणा गरेको छ । बुधवार राजधानीको ठमेलमा रहेको एक बारमा सक्सेस पार्टीको आयोजना गर्दै निर्माताले दोस्रो प्रोजेक्ट ‘आई एम 21’ अर्थात् ‘म २१ वर्ष’ घोषणा गरे । 
 
 
फिल्मको बारेमा अन्य जानकारी केही पनि दिइएको छैन । उक्त फिल्ममा ‘इन्टु मिन्टु लण्डनमा’ का इन्टु उर्फ धिरज मगर लिड रोलमा हुने प्रवल सम्भावना रहेको निर्देशक रेनाशा वान्तवा राईले बताइन् । तर, कन्फर्म भने गरिनन् । 
 
उनीसँग निर्माण टिमले दुई फिल्म सम्झौता गरिसकेको छ । नयाँ फिल्मलाई रेनाशाले निर्देशन गर्छिन् वा गर्दिनन् ? यसको केही दिनमा औपचारिक कार्यक्रमका बीच जानकारी दिइने निर्माता प्रज्ज्वल समशेर जबराले बताए । फिल्मको रिलिज अर्को वर्षको दशैंलाई तोकिएको छ । 
 
‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टीमा निर्माण टिमले केक काटेर खुसीयाली साटेको थियो । पार्टीमा निर्माता प्रज्ज्वल, निर्देशक रेनाशासँगै अभिनेता द्वय धिरज र सारुक ताम्राकार उपस्थित थिए । तर, अभिनेत्री साम्राज्ञी आरएल शाह भने पुगिनन् । 
 
 
निर्माता जबराका अनुसार, फिल्मले मंगलवारसम्ममा घरेलु बजारबाट ३ करोड ३० लाख ग्रस कलेक्सन गरेको छ । उक्त फिल्मको राजधानी भित्रको वितरण निर्माण कम्पनी आई कोर फिल्मसले नै गरेको हो । 
 
‘आई एम 21’ मा साम्राज्ञी नहुने 
 
‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टीमा अभिनेत्री साम्राज्ञी उपस्थित नहुनुलाई धेरै कोणबाट अर्थयाइएको छ । नयाँ फिल्म ‘आई एम २१’ मा आफू नहुने भएपछि उनी पार्टीमा सहभागी नभएको तर्क मिडियाको थियो । निर्देशक रेनाशासँग फिल्म रिलिजको बेला भएको शितयुद्धका कारण पनि उनी आफ्नै फिल्मको सफलताको केक काट्न नपुगेको अर्को अनुमान काटियो । 
 
साम्राज्ञी नदेख्दा निर्देशक राईमाथि पत्रकारको अनेकन प्रश्न ओहिरिएको थियो । उनले साम्राज्ञी अस्वस्थ रहेको भन्दै उपस्थित नभएको बहाना बनाइन् । कहिले भने अत्याधिक व्यस्त रहेको बताउँदै उनलाई आफूहरुको खाँचो नभएको बताएकी थिइन् । रिलिजको मुखमा साम्राज्ञी जापान उड्दा टिमसँग सम्बन्ध चिसिएको थियो । 
 
रेनाशा भन्छिन्, 'उनी अहिलेकी मोस्ट डिमान्डेड अभिनेत्री हुन् । उनलाई फिल्ममा लिन धेरै मेकर्स अगाडि-पछाडि दौडिएका छन् । हामीलाई समय दिन नभ्याएकी होलिन् । हामी उनको सुन्दर भविष्यको कामना गर्छौं ।' उनले सक्सेस पार्टीमा साम्राज्ञीलाई धेरै मिस गरेको पनि बताइन् । 
 
निर्देशकले साम्राज्ञीलाई मिस गरेको बोलीमा मात्र देखिन्थ्यो । उनी दुई अभिनेता धिरज र सारुकलाई आफ्नो मुटुको टुक्रा भन्दै बढी नै प्रशंसा गरिरहेकी थिइन् । पत्रकारले भने उनलाई पटक-पटक साम्राज्ञीकै विषयमा प्रश्न गरेका थिए । देखावटी रुपमा सबै ठिकठाक देखाउन खोजेपनि रेनाशा र साम्राज्ञीबीच भित्रभित्रै दुश्मनीले गहिरो रुप लिदैंछ । 
Most Visited News (monthly)