Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(30 votes, avg 4.43/5.00)
Text size:-
+
-

कन्फर्म : हेमराजको फिल्ममा प्रदीप अनुबन्ध

फिल्मीखबर, काठमाण्डौ, 2018/09/26
अहिलेका सुपरस्टार अनमोल केसीलाई 'होस्टेल' बाट डेब्यु गराएका निर्देशक हेमराज विसीले युवा स्टार प्रदीप खड्कालाई लिएर नयाँ फिल्म बनाउने भएका छन् । अनमोलसँग सम्बन्ध चिसिएको चर्चाले सिनेवृतमा तात्दै गर्दा उनले प्रदीपलाई लिएर रोम-कम जनराको एक फिल्म बनाउन लागेका हुन् ।
 
केही दिन अगाडि मात्र निर्देशक र अभिनेताबीच कागजी सम्झौता भएको हो । स्रोतका अनुसार, शुक्रवारबाट छायांकन सुरु हुन लागेको फिल्म 'लभ स्टेशन' को निर्देशनको अफर उज्जवल घिमिरेभन्दा अगाडि हेमराजलाई नै गरिएको थियो । फिल्म 'ब्रेकअप' का कारण उनले गर्न सकेनन् । 
 
 
अधिकांश छायांकन फ्रान्समा हुने फिल्ममा प्रदीपको अपोजिटका लागि अहिले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग कुरा भइरहेको छ । उनी फिल्म गर्ने मनस्थितिमा रहेको खबर छ । यसअघि प्रदीपको 'भैरवी' र 'लभ स्टेशन' गर्न अस्विकार गरेकी उनी यसपटक सकारात्मक देखिएकी छन् । 
 
निर्देशक विसीले फिल्मको नाम भने खुलाउन चाहेनन् । उनका अनुसार, बैशाखबाट फिल्मको छायांकन सुरु हुनेछ । 'अहिले हामी फिल्मको सुरुवात चरणमा छौं । बाँकी केही भन्न मिल्दैन', उनले भने । अहिले फिल्मको स्क्रिप्ट फाइनल गर्ने काम भइरहेको छ । 
Most Visited News (monthly)