Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धिरज मगर : अनमोल र प्रदीपलाई ‘थ्रेट’

मनिष अन्जान, काठमाण्डौ, 2018/09/26
हरेक वर्ष नेपाली फिल्ममा आशलाग्दा चकलेटी हिरोहरुको आगमन भइरहेको छ । गएको वर्ष ‘ए मेरो हजुर २’ बाट अभिनेता सलिनमान बनियाँ भित्रिए । अब यस वर्ष नेपाली फिल्म क्षेत्रले एक सम्भावना बोकेको अभिनेता पाएको छ । उनी हुन् धिरज मगर । 
‘इन्टु मिन्टु लण्डनमा’ बाट उनले अभिनय यात्राको आरम्भ गरेका छन् । उनी एक चर्चित ब्लगर हुन् । फिल्ममा आउनु अगावै उनको युवापुस्तामा गजबको क्रेज थियो । मंगोलियन फेसका उनलाई रेनावा वान्तवा राईले हिरो बनाउने निर्णय गर्दा धेरैले चुकचुक गरेका थिए । 
 
 
करोडमाथिको लगानीमा बन्ने फिल्ममा नयाँ हिरा लिँदा धेरै निर्माताले घरखेत डुबाएका यहाँ प्रशस्तै उदाहरणहरु छन् । यो वास्तविकता निर्माता द्वय प्रभु शम्सेर जबरा र उनका छोरा प्रज्वललाई राम्रोसँग थाहा थियो । तर, धिरजको लोभलाग्दो फ्यान फलोइंगलाई क्यास गर्न उनीहरु जोखिम उठाउन तयार भए । 
 
ढुक्क हुने आधार अहिलेकी मोस्ट डिमान्डेड अभिनेत्री साम्राज्ञी आरएल शाह भएपनि फिल्म चलाउन उनीमात्र काफी थिइनन् । शुक्रवारबाट फिल्म रिलिज भएको छ । रिलिज अगावै फिल्मले राम्रो हाइप बनाएको थियो । यसको श्रेय एकसेएक राम्रा गीतहरुलाई जान्छ । फिल्मको इनिसियल बक्सअफिस बम्पर रह्यो । 
 
फिल्मले गएको वर्ष प्रदर्शनमा आएको 'छक्का पञ्जा २' पछिकै ठूलो ओपनिङ गर्दा धिरजलाई रातारात स्टार बनाएको छ । उता साम्राज्ञीले फेरि आफ्नो स्टारडम प्रमाणित गरेकी छन् । फिल्मले लगानी सुरक्षित गर्न भने अझै घरेलु बजारमा लामो रेसको घोडा बन्नु पर्नेछ । 
 
नेपाली फिल्ममा चकलेटी हिरोको अभावलाई अब धिरजले केही हदसम्म परिपुर्ती गर्नसक्ने फिल्मी पण्डितहरु बताउँछन् । कतिपयले त उनलाई अहिलेका चल्तीका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई ‘रिप्लेस’ गर्ने ल्याकत भएको हिरोका रुपमा हेर्न थालेका छन् । 
 
 
धिरजको अभिनय चकलेटी हिरोहरुको तुलनामा अब्बल छ । उनले अझै अभिनयमा निखार ल्याउन बाँकी छ तर, कमजोर पनि अवश्य छैन । ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज अगाडि नै धेरै मेकर्सले उनलाई फिल्म अप्रोज गरेका थिए तर उनमा एकाधिकार अर्थात् सिन्डिकेट लागू भइसकेको छ । अबको २ वर्ष उनले बाहिरी ब्यानरको फिल्म गर्न पाउने छैनन् । 
 
कारण, उनलाई फिल्म रिलिज अगावै रेनाशाले दुई फिल्ममा अनुबन्ध गरिसकेकी छन् । धिरजको अब आफू अभिभावक रहेको भन्दै निर्देशक राईले उनीमाथि प्रभुत्व जमाउन खोजिरहेकी छिन् । अब धिरजले आफूमाथि लागू भएको सिन्डिकेट तोड्न सक्छन् वा सक्दैनन् ? त्यो हेर्न बाँकी छ । 
Most Visited News (monthly)