.jpg)
फिल्म ‘स्वर’ मार्फत् एकसाथ डेब्यु गरेका अभिनेत्री द्वय केकी अधिकारी र रीमा विश्वकर्माको फेरि एकपटक टिमअप भएको छ । पछिल्लो पटक केकीले निर्माण गरेको फिल्म 'कोहलपुर एक्सप्रेस' को 'सिओडब्लू काउ' गीतमा रीमाले ठुम्का लगाएकी थिइन् ।
‘सरकारी जागिर’ नामक फिल्ममा हाल दुई अभिनेत्रीले सँगै काम गरिरहेका छन् । २ हप्तादेखि फिल्मको गोप्य रुपमा छायांकन भइरहेको छ । गौरी मल्ल, कर्मा, संयम पुरी, रमेश रञ्जन झालगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।
सरकारी जागिरले एक व्यक्तिको जीवनमा पार्ने पारिवारिक एवं सामाजिक प्रभावलाई फिल्मले वाचन गर्ने बताइएको छ । नरेन्द्र मैनालीले अहिले फिल्म खिचिरहेका छन् । निर्माण टिमबाट फिल्मको विषयमा विस्तृतमा कुनै जानकारी प्राप्त भएको छैन ।
अमित प्रधान र अदिप प्रधानले फिल्मलाई संयुक्त रुपमा निर्देशन गरिरहेका छन् । अभिनेत्री द्वय केकी र रीमा पुनः एकपटक सँगै काम गर्दा पाउँदा दंग छन् । फिल्मलाई वर्षको अन्त्यमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ ।

