Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘बाटला हाउस’ मा जोन फेरि पुलिस अफिसर

फिल्मीखबर, काठमाण्डौ, 2018/09/23
 
बलिउडमा आलकाल देशभक्ति फिल्मको ट्रेन्ड चलेको छ । यसलाई दुई एक्टर अक्षय कुमार र जोन अब्राहम अहिले जोडतोडका साथ फलो गरिरहेका छन् । हालैमा 'सत्यमेव' को सक्सेसपछि जोनले आफ्नो नयाँ देशभक्ति फिल्म ‘बाटला हाउस’ को पोस्टर सार्वजनिक गरेका छन् । 
 
यो फिल्ममा उनी एकपटक फेरि पुलिस अफिसरको भूमिकामा देखिँदैछन् । उनले ट्विट गर्दै फिल्मको अलग-अलग पोस्टर सार्वजनिक गरेका छन् । फिल्मको एक पोस्टरमा जोनको अनुहार देखिएको छैन तर जसले वर्दी लगाएका छन् त्यसमा ‘सञ्जय कुमार’ को नामको नेम प्लेट छ । 
उनले लेखेका छन्, ‘७० इन्काउन्टर, ३३ केस, २२ कन्विक्शन, ९ शौर्य पुरस्कार, एक आरोप, ‘जब तपाई सबैकुरा हासिल गर्नुहुन्छ तब एक पल हरेक चिजको सफाई हुनसक्छ ।’ इन्डियाको सबैभन्दा चर्चित र विवादित पुलिस अफिसरको कहानी ।’
यो फिल्म दिल्लीको चर्चित ‘बाटला हाउस इन्काउन्टर’ मा आधारित छ, जसलाई आधिकारिक रुपमा ‘अपरेशन बाटला हाउस’ को नामबाट जान्ने गरिन्छ । यो घटनामा १९ सेप्टेम्बर २००८ मा दिल्लीको जामिया नगरस्थित बाटला हाउसमा आतंकवादीहरुको विरुद्धमा पुलिस कारबाही गरिएको थियो ।  
‘एयरलिफ्ट’ निर्देशन गरिसकेका निखिल आडवाणीले यो फिल्मको कमाण्ड सम्हालेका छन् । यस्तै, गएको वर्ष आएको सोसल ड्रामा फिल्म ‘पिंक’ का लेखक रितेश शाहले यसको स्क्रिप्ट लेखेका छन् । फिल्मको रिलिज अर्को वर्षको १५ अगस्टलाई तोकिएको छ ।  
Most Visited News (monthly)