Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल विना स्वार्थको साथी : आँचल शर्मा

फिल्मीखबर, काठमाण्डौ, 2018/09/23
आँप जोडी अर्थात् अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अफेयरको खबरले मिडियामा विशेष स्थान पाउन थालेको लामै समय भइसकेको छ । 'नाईं नभन्नू ल ४' बाट सुरु भएको यो कपलको प्रेम चर्चा अझै पनि उस्तै छ । 
 
 
लगातार फिल्म र भिडियो सँगै गर्नु, जहाँ पुग्दा पनि एकअर्काको साथ नछुट्नुले पनि अफेयरको कुरालाई थप मलजल गरिरहेको छ । तर, उनीहरु पटक-पटक 'साथीभन्दा माथी' नभएको बताउँदै आएका छन् । 
 
यो जोडी अभिनीत पछिल्लो फिल्म 'शत्रु गते' बक्सअफिसमा सुपरहिट साबित भएको थियो । अहिले दुबै कुनै पनि फिल्ममा व्यस्त छैनन् । फेरि एकपटक दर्शकको फेभरेट जोडीलाई पर्दामा दोहोर्‍याउन केही निर्माता/निर्देशक लागीपरेको खबर छ ।
 
शनिबार दिउँसो अभिनेत्री आँचल, चर्चित लेखक सुविन भट्टराईको नयाँ पुस्तक 'प्रिय सुफी' को विमोचन गर्न नेपाल प्रज्ञा–प्रतिष्ठान पुगेकी थिइन् । लेखक भट्टराईको निमन्त्रणा स्विकार गर्दै उनी विमोचन समारोहको अतिथी बनेकी थिइन् । 
 
उनले 'समर लभ' आफ्नो मनपर्ने पुस्तक रहेको बताउँदै लेखक भट्टराईलाई नयाँ पुस्तकका लागि शुभकामना दिइन् । 'प्रिय सुफी' को एक हरफ उद्घोषिका सबिना कार्कीले पढेपछि उनले अभिनेत्री शर्मालाई सोधिन्, 'यो कसलाई डेडिकेट गर्न चाहनुहुन्छ ?'
 
'मेरो बुबालाई', आँचलले झट्टै जवाफ दिइन् । पुस्तक विमोचन कार्यक्रममा उपस्थित सयौं पाठकको एक भीडबाट प्रश्न आयो, 'दोस्रो व्यक्ति ?' उनी मज्जाले हाँसिन् । उनले पल शाहको नाम लिन समय लिइनन् । किन पल नै ? सबिनाले प्रश्न गरिन् । 
 
उनले शब्दमा फूलबुट्टा भर्दै जवाफ फर्काइन्, 'पहिला मेरो स्कूलका साथीहरु हुनुहुन्थ्यो, उहाँहरुले पनि धेरै सहयोग गर्नुभएको छ । तर, इन्डष्ट्रीमा एक अपरिचित व्यक्ति स्थापित हुने क्रममा मैले विना स्वार्थको साथीको रुपमा पलजीलाई चिनेको हुँ ।' 
 
 
सबिनाले पलका लागि एउटा सन्देश छाड्न आग्रह गरेपछि आँचल अक्कनवक्क भइन् । उनले आफू यसका लागि तयारी नै नगरेको भन्दै तर्किन खोजिन् । तर, जवाफ नदिई उनले सुख पाइनन् । उनले आफूहरु विना स्वार्थको साथी भन्दै भनिन्, 'हामी सधैं मिल्ने साथी भएर रहिरहन पाऔं ।' 
तश्बिर : अर्गेलो थापा
Most Visited News (monthly)