Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अभिनेत्रीको फिल्मले ५ सय करोड कमाउन सक्दैन : काजोल

एजेन्सी, मुम्बई, 2018/09/22
बलिउडमा एक्टर र एक्ट्रेसलाई बाराबरीको दर्जा दिने चर्चा भइरहेको छ । तर, हालै अभिनेत्री काजोलको एक बयानले सबैलाई चकित बनाएको छ । उनको सोचाई निकै अलग छ । 
 
फिल्म 'हेलीकप्टर एला' को प्रमोशनमा व्यस्त उनले कुनै अभिनेत्रीको फिल्मले सलमान खानको फिल्म जसरी ५ सय करोड कमाउन नसक्ने बताएकी छन् ।  
 
हिन्दी फिल्म इन्डस्ट्रीमा पुरुष र महिला कलाकारको बीचमा रहेको आकाश-जमिनको असमानतालाई लिएर बहस चलिरहेको छ र केही समययता धेरै अभिनेत्रीले यसको विरुद्धमा आवाज पनि उठाइरहेका छन् ।  
यो मुद्धामा काजोल भन्छिन्, 'मलाई लाग्छ कि बक्सअफिस संग्रहसँग यो मुद्धा निकै हदसम्म ठूलो हो र यसमा लिंग निश्चित रुपमा मुद्धा हो । तर अभिनेत्रीको फिल्मले ५ सय करोडको कमाई गर्न सक्दैन, जसरी सलमानका फिल्मले गर्छन् ।'
 
'अभिनेत्रीहरु फिल्मको सफलताको अभिन्न हिस्सा भएपनि यो एक व्यवसाय हो', उनले भनिन् । उनले आजकाल दर्शकले महिला उन्मुख फिल्मलाई स्वीकार गर्न थालेकोमा खुसी व्यक्त गरिन् । 
 
उनी अभिनीत नयाँ फिल्म 'हेलीकप्टर एला' १२ अक्टोबरमा रिलिज हुँदैछ । फिल्मलाई प्रदीप सरकारले निर्देशन गरेका हुन् । काजोलले यसमा एक कन्ट्रोलिङ र पोजेसिभ आमाको भूमिका निभाएकी छन् ।  
 
फिल्म एक महत्वाकांक्षी गायिकाको कहानी हो, जसले बच्चाका लागि आफ्नो सपना बाजी लगाउँछिन् । राष्ट्रीय पुरस्कार विजेता अभिनेता रिद्धि सेनले काजोलको छोराको भूमिका निभाएका छन् । 
Most Visited News (monthly)