Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घटस्थापनाको दिन ‘छक्का पञ्जा ३’, आयो ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/22
वर्षकै बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ट्रेलर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको छ । शनिबार बिहान साढे ८ बजे ज्योतिषले दिएको समय अनुसार फिल्मको ट्रेलर राजधानीको क्यूज हलमा पत्रकारलाई देखाएपछि युट्युबमार्फत् वल्ड वाइड रिलिज गरिएको हो । 
 
 
ट्रेलरमा कमेडीलाई भन्दा सामाजिक मुद्धालाई बढी स्थान दिइएको छ । जातिय विभेद, विद्यालयमा हुने राजनीति र अशिक्षित युवाहरुको कथा फिल्मले बोल्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । दीपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ ट्रेलरमा हाबी छन् । 
 
दुई गीत र पोस्टरमा प्रदर्शन मिति नराखेपनि निर्माण टिमले ट्रेलरमा फिल्म घटस्थापनाबाट देशैभर प्रदर्शनमा आउने उल्लेख गरेको छ । अब योसँगै एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म 'जय भोले' फूलपातीमा आउने ट्रेलर रिलिज कार्यक्रममा कलाकार तथा निर्माता दीपकराजले बताए । 
 
आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ । 
 
प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् । ‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)