Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा साम्राज्ञी र सृष्टिको स्टारडमको लडाइँ

फिल्मीखबर, काठमाण्डौ, 2018/09/21
यस हप्ताको शुक्रवार निकै गजबको संयोग जुरेको छ । सुपरस्टार अनमोल केसीको फिल्मबाट डेब्यु गरेका दुई अभिनेत्री बक्सअफिसमा आमनेसामने भएका छन् । 'ड्रिम्स' गर्ल साम्राज्ञी आरएल शाह र 'गाजलु' गर्ल सृष्टि श्रेष्ठ पहिलो पटक एकअर्कासँग भिडन्तको अनुभव लिँदैछन् । 
 
साम्राज्ञीको 'इन्टु मिन्टु लण्डनमा' र सृष्टिको 'बाँध मायाले' ले शुक्रवारबाट एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् । दुबै फिल्म लभस्टोरी जनराका हुन् । फिल्मले प्रेममा त्याग र समर्पणको कथा भन्छ । दुबै मल्टिप्लेक्स अडियन्स केन्द्रित फिल्म हुन् । 
 
हलको संख्यामा भने 'बाँध मायाले' भन्दा 'इन्टु मिन्टु...' केही अगाडि छ । हेवी बजेटको साम्राज्ञीको फिल्मलाई चर्चित कोरियोग्राफर रेनाशा वान्तवा राईले निर्देशन गरेकी हुन् । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिएको छ । 
 
 
गीतसंगीत र ट्रेलरले निर्माण गरेको हाइपका कारण उक्त फिल्मले मल्टिप्लेक्समा उच्च शोज पाएको छ । प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेको यस फिल्ममा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् । 
 
फिल्म 'बाँध मायाले' मा अभिनेत्री सृष्टिको जोडी अभिनेता आर्यन अधिकारीसँग बाँधिएको छ । फिल्ममा उनीहरु अर्जुन र श्रद्धाको भूमिकामा छन् । सविर श्रेष्ठ निर्देशित फिल्ममा किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय छ ।
 
दुई फिल्मको भिडन्तले साम्राज्ञी र सृष्टिको स्टारडम मापन हुने फिल्मी पण्डितहरुको तर्क छ । यसपटक साम्राज्ञी हिट वा फ्लप फिल्ममा ह्याट्रिक मार्दैछिन् । सृष्टिको दोस्रो फिल्म 'रोमियो एण्ड मुना' चलेन । यसकारण दुबै अभिनेत्रीका लागि आ-आफ्नो फिल्मको नतिजा सुखद आउन अत्यन्त आवश्यक छ । 
 
दुई फिल्मसँग भिड्न घरेलु बजारमा अभिनेता जय किशन बस्नेतको फिल्म 'धूम ३' पनि प्रदर्शनमा आएको छ । उता मल्टिप्लेक्समा शाहिद कपूर र श्रद्धा कपूरको 'बत्ती गुल मिटर चालु' ले पनि प्रदर्शन आरम्भ गरेको छ । हलिउडतर्फ भने ‘क्रेजी रिच एसियन्स’ को रिलिजमा अन्यौल छ ।
Most Visited News (monthly)