Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘धूम ४’ मा अभिषेकको ईन्ट्री अझै अन्योल

एजेन्सी, मुम्बई, 2018/09/20
लगातार ऋतिक रोशन र मिस्टर परफेक्शनिस्ट आमिर खानको अभिनयले 'धूम' को तीन सिरिज सुपरहिट भएको थियो । अब यसको चौथो पार्टको तयारी चलिरहेको छ । तर, यो फिल्मको नयाँ सिरिजको अझै केही समय प्रतिक्षा गर्नुपर्ने देखिन्छ । 
 
केही दिनयता खबर आएको थियो कि बलिउड अभिनेता शाहरुख खान ‘धूम ४’ मा हुनेछन् । तर, पछि यो फिल्मलाई लिएर कुनै खबर बाहिर आएको छैन । अभिनेता अभिषेक बच्चनको भनाईलाई मान्ने हो भने ‘धूम ४’ को दर्शकले लामो समय प्रतिक्षा गर्नुपर्ने छ ।  
 
अभिषेकको नयाँ फिल्म 'मनमर्जिया' ले बक्सअफिसमा खासै राम्रो व्यापार गर्न सकेको छैन । यस्तैमा ‘धूम ४’ बाट उनको करिअरलाई केही राहत मिल्न सक्छ । तर, अहिलेसम्म उनलाई उक्त फिल्मबाट अप्रोज नै गरिएको छैन । 
 
 
'मलाई यस विषयमा अहिलेसम्म कसैले सम्पर्क गरेको छैन' वेबसाइड डीएनएसँग कुरा गर्दै जूनियर बच्चनले भने, 'जब 'धूम' को सिरिज आउने चर्चा हुन्छ तब कयौं कहानी गढ्छ, तर म यी सबैमा विश्वास गर्दिनँ । जबसम्म मलाई आदित्य चोपडाको फोन आउँदैन ।' 
 
'गएको तीन पटक मलाई उहाँले फोन गरेर फिल्म गर्ने खबर गर्नुभएको थियो । तर अहिलेसम्म मलाई उहाँको फोन आएको छैन', उनले भने । केही दिन अगाडि अभिषेकले 'बन्टी र बबली' को रिमेक गर्ने खबर बाहिर आएको थियो । 
 
उनी चाँडै आफ्नी श्रीमती ऐश्वर्या राय बच्चनसँग फिल्म 'गुलाब जामुन' मा काम गर्दैछन् । अभिषेक भन्छन्, 'यो फिल्मको कहानी निकै हार्ट वार्मिङ छ, जुन मलाई र ऐशलाई मनपर्‍यो ।' यो फिल्मलाई सर्भेस मेवराले लेखन तथा निर्देशन गर्दैछन् ।
Most Visited News (monthly)