Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धमला पत्नीको ‘अनुराग’ गीतमा प्रतापको स्वर

फिल्मीखबर, काठमाण्डौ, 2018/09/20
असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को नयाँ गीत रिलिज भएको छ । ‘तिम्रो स्वरमा...’ बोलको गीतमा प्रताप दासले आवाज भरेका छन् । 
 
 
गायकको भूमिकामा रहेका डेब्यु ब्वाई समुन्द्र पण्डित गीतको भिडियोमा फिचर्ड छन् । उनी एक बारमा आफ्नो प्रस्तुती दिँदैछन् । फिल्ममा उनको जोडी एलिजासँग बाँधिएको छ । सार्वजनिक गीतमा सत्यराज चौलागाईंको शब्द तथा सरोज पोेखरेलको संगीत छ । 
 
अनु र रागको प्रेममा आउने उचारचढावको कथा वाचन गर्ने सत्यराज निर्देशित उक्त फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
निर्देशक चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । फिल्मका प्रस्तुतकर्ता ऋषि धमला हुन् ।  
 
भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)