Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बर्थ डे’ मा ‘धुर्मुस’ ले गर्न सकेनन् फिल्म घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/09/20
बिहीवार चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) को जन्मदिन । बिहानैदेखि उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओहिरो लागेको छ । हास्यटेलिसिरियल 'मेरी बास्सै' मा ‘धुर्मुस’ को चरित्र निर्वाहा गरेपछि रातारात चर्चामा आएका उनलाई कलाकारदेखि शुभचिन्तक सबैले ‘बर्थ डे’ विस गरिरहेका छन् । 
 
 
तीनवटा बस्ती निर्माण, वीर अस्पतालको रंगरोगन पश्चात् चाँडै नमुना नेपाल र क्रिकेट रंगशाला बनाउन लागेका उनी फिल्म निर्माणमा पनि होेमिदैछन् । फिल्मको नाम 'एन्टिभाइरस' राखिएको छ । उक्त फिल्मलाई कञ्जना घिमिरे (सुन्तली) ले निर्देशन गर्ने चर्चा छ । 
 
बिहीवार रेडियो अडियाको आँगनमा ‘धुर्मुस’ ले आफ्नो जन्मदिनको केक काटे । उनको साथमा कुञ्जना पनि थिइन् । केक काट्नु अगाडि 'धुर्मुस-सुन्तली' ले सञ्चारकर्मीहरुसँग कुरा गर्दै देश र जनताका लागि आफूहरु सधैं लागी पर्ने बताए । कुञ्जनाले सिताराम आफ्नै लागि जन्मिएको बताइन् । 
 
 
सिताराम (धुर्मुस) ले आफूले घोषणा गरेका परियोजना अर्को वर्षभित्र पूरा गरेरै छाड्ने बताए । उनको जन्मदिनमा फिल्म घोषणा गर्ने चर्चा थियो । तर, गरिएन । आखिर किन ? 'अलि हतार हुन्छ कि भन्ने लागेर हो । अझै हामी सुरुवाती चरणमा नै छौं । केही दिन अझै होमवर्क गर्न बाँकी छ', उनले भने । 
 
उनले फिल्ममा 'धुर्मुस-सुन्तली' को अभिनय रहने गोप्यता भने भंग गरे । फिल्ममा युवा स्टार प्रदीप खड्काको अभिनय रहने चर्चा सिनेवृतमा छ । यसबारे भने उनले बोल्न चाहेनन् । धुर्मुसले भने, 'बाँकी को-को कलाकार हुनेछन् त्यसको अझै फाइनल भइसकेको छैन ।' 
 
 
उनलाई जन्मदिनको शुभकामना दिन केदार घिमिरे (माग्ने बुढा) पनि पुगेका थिए । उनले जन्मदिनको शुभकामना दिने क्रममा संघर्षका दिन सम्झिए । केही वर्षयता सितारामसँग सम्बन्ध ठिकठाक नभएको कुराको पनि उनले खण्डन गरे । 
 
उनले भने, 'हामी मिल्ने साथी हौं । पहिला जस्तो सम्बन्ध थियो अहिले पनि त्यस्तै छ ।' उनको कुरामा धुर्मुसले पनि ल्याप्चे लगाए । फिल्ममा माग्ने बुढा अट्ने सम्भावना कति छ ? पत्रकारको प्रश्नमा कुञ्जनाले जवाफ दिइन्, 'उहाँले 'छक्का पञ्जा' टीमको मात्र फिल्म गर्छु भन्नुभएको छ । हाम्रो फिल्म कहाँ गर्नुहुन्छ होला र ?' 
 
 
केदारले फिल्म नगरे पनि आफ्नो सधैं साथ-सहयोग रहने बताए । 'हामी सँगै काम नगरे पनि एकअर्कालाई आवश्यक परेको खण्डमा सधैं हाजिर हुन्छौं । मित्रता दिगो बनाउन र देखाउनका लागि सँगै काम गर्नु पर्छ भन्ने छैन', उनले भने । 
 
 
केदारले फिल्म निर्माणको शुभकामना दिँदै सिताराम कट्टेलाई सुझाव पनि दिन भ्याए । उनले भने, 'यहाँ फिल्म बनाउन गाह्रो छ । त्यो भन्दा गाह्रो चलाउन हुन्छ । राजनीति त अहिले फिल्म क्षेत्रमा सबैभन्दा बढी हुन्छ । यसकारण राजनीति बुझेर मात्र फिल्ममा आउनुस् ।' 
Most Visited News (monthly)