Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इन्टुले गाए मिन्टुका लागि गीत (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/19
प्रदर्शनको संघारमा रहेको रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को ओएसटी गीत रिलिज भएको छ । ‘आई एम इन्टु सि इज मिन्टु’ गीतमा लिड अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी आरएल राणा फिचर्ड छन् । 
 
 
सुजिल कमार्चायको शब्द तथा संगीत, केतन क्षेत्री र सुजिल कमार्चायको स्वर रहेको गीतमा श्रेया सोताङ्गले पनि गायनमा साथ दिएकी छन् । गीतको कोरियोग्राफी विक्रम लामा र एन्जिला खत्रीले गरेका हुन् । 
 
यसलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् । 
 
आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । 
 
गीत हेर्नुहोस् :-

 
शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । यो फिल्म असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 
 
प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् । 
 
रिलिव अगावैदेखि अभिनेता धिरजको खुब चर्चा भइरहेको छ । उनलाई सम्भावना बोकेको अभिनेताको रुपमा हेर्न थालिएको छ । गीतसंगीत र ट्रेलरले फिल्मको हाइप बनाइसकेको अवस्थामा मेकिङ क्वालिटीले पनि धेरैलाई लोभ्याएको छ । 
Most Visited News (monthly)