Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोइन लुकाएर प्रशान्तको ‘मायाङ्क’ मुहूर्त

फिल्मीखबर, काठमाण्डौ, 2018/09/19
'ह्यान्डसम भिलेन' का रुपमा परिचित प्रशान्त ताम्राकारको अभिनय रहने फिल्म ‘मायाङ्क’ को मुहूर्त गरिएको छ । बुधवार चाबहिलको चन्द्र विनायक गणेस्थान मन्दिरमा फिल्मको शुभ साइत गरिएको हो । सो फिल्मको छायांकन भने असोज १५ गतेबाट सुरु हुनेछ । 
 
 
जापानबाट दिउँसो मात्र नेपाल ओर्लिएका कारण अभिनेता ताम्राकार मुहूर्त समारोहमा उपस्थित हुन सकेनन् । फिल्ममा उनका अलावा शुशील उप्रेती र ज्योत्सना योगीको पनि अभिनय रहनेछ । एक अभिनेत्रीको नाम र भूमिका भने निर्माण टिमले गोप्य राखेको छ । 
 
कथाको मागअनुसार अर्की नायिकाको नाम समेत खुलाउन नमिलेको निर्माता जितेन्द्र खतिवडाले बताए । उनले ‘मायाङ्क’ मिठो प्रेमकथामा बन्ने लागेको बताए । फिल्मलाई रोमी मानन्धरले निर्देशन गर्दैछिन् । 
 
 
‘मायाङ्क’ प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो । दिर्घ गुरुङले खिच्ने फिल्मलाई माघमा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । 
Most Visited News (monthly)