बलिउड सुपरस्टार सलमान खानको प्रोडक्शन हाउसको फिल्म ‘लभरात्री’ को नाम बदलेर ‘लभयात्री’ राखिएको छ । मेकर्सले फिल्मको विवादबाट बच्नका लागि नाम परिवर्तन गरेका हुन् ।

फिल्मको नाम हिन्दूहरुको महान पर्व नवरात्रीसँग मिल्दोजुल्दोे राखिएको थियो । यो यसकारण कि फिल्मको थीम र कहानी यो नामसँग मिलेको थियो । तर, कयौं व्यक्तिले नाममा आपत्ति जनाएका थिए ।
जब ‘लभरात्री’ को ट्रेलर रिलिज भयो, तब पनि विरोधको स्वर सुनिएको थियो । जनवरीमा आगरामा संगठन 'हिन्दू ही आगे' ले फिल्मको टाइटलमा आपत्ति जनाउँदै विरोध गरेको थियो । फिल्मको पोस्टर पनि जलाएका थिए ।
एक वकीलले बिहारको कोर्टमा फिल्मको टाइटललाई लिएर मुद्धा पनि दर्ता गरेका थिए । मुद्धा दर्ता गरेका सुधीर कुमार ओझाले फिल्मको टाइटल ‘लभरात्री’ ले हिन्दूहरुको भावनामा आहत पुर्याउने बताएका थिए ।
विवादबाट बच्नका लागि सलमानले नाम परिवर्तन गर्नु नै उचित सम्झिए । मंगलवार साँझ फिल्मको नयाँ नामको नयाँ पोस्टर लञ्च गरिएको छ । सलमानले पोस्टर शेयर गर्दै लेखे, 'यो कुनै स्पेलिङ मिस्टेक होइन ।'
This is not a spelling mistake... #loveyatri #lovetakesover...@SKFilmsOfficial @aaysharma @Warina_Hussain @abhiraj21288 @TSeries pic.twitter.com/WcI5tbXkke
— Salman Khan (@BeingSalmanKhan) September 18, 2018
यो फिल्मबाट सलमानका ज्वाइँ आयुष शर्माले डेब्यु गर्दैछन् । अभिराज मीनावालाले निर्देशन गरेको यो फिल्म ५ अक्टूबरमा रिलिज हुँदैछ । नरेन भट्टले लेखेको फिल्ममा आयुषको अपोटिजमा वरीना हुसेन छिन् ।

