अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘लै लै...’ गीतमा सुवाष भुषालको संगीत र केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । गीतका शब्द गणेश शाहीले लेखेका हुन् ।
.jpg)
भिडियोमा केही चल/अचल दृश्यहरु छन् । भागी विवाह गरेर काठमाडौं छिरेपछि विपिन र नम्रताको जीवनमा आउने उतारचढावलाई गीतमार्फत् देखाइएको छ । गीतका शब्दहरु मार्मिक छन् । केतनले उस्तै बुलन्द आवाज भरेका छन् ।
गीतको लिरिकल भिडियोमार्फत् लिड कलाकारको लुक्स पनि रिभिल गरिएको छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ लाई 'नोभेम्बर रेन', 'क्लासिक', 'पर्व' फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।
सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । फिल्ममा निश्चल बस्नेतको पनि लिड रोल छ । उक्त फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् ।
गीत हेर्नुहोस् :-
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्छ । फिल्ममा सुवाष र कोशिष क्षेत्रीको संगीत छ ।

