Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कथा काठमाण्डू’ माथि चल्यो सेन्सरको कैची

फिल्मीखबर, काठमाण्डौ, 2018/09/18
‘रातको कुरा’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनपछि फिल्म ‘कथा काठमाण्डू’ को चर्को आलोचना र विरोध भइरहेको छ । ट्रेलरमा पनि दुई स्टार्सको अन्तरंग दृश्य छुटेन । 
 
 
चलचित्र विकास बोर्डले त तत्काल यूट्युबबाट ट्रेलर नहटाए कारबाही गर्ने भन्दै निर्माण टिमलाई पत्र समेत काटेको थियो । धेरैको पूर्वअनुमान थियो कि यो फिल्मले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाउनेछ । सोमवार फिल्म सेन्सर पास भएको छ । 
 
बोर्डले ‘कथा काठमाण्डू’ लाई पिजी सर्टिफिकेट दिएको छ । अब यो फिल्म हेर्न १६ वर्ष उमेर मुनीकाले अभिभावक लिएर जानु पर्ने हुन्छ । निर्देशक संगीता श्रेष्ठका अनुसार, केही सिन काट्न लगाएर बोर्डले पिजी सर्टिफिकेट दिएको हो । 
 
उनले गीत र ट्रेलर हेरेर फिल्मको मुल्यांकन गर्नेलाई बोर्डको सर्टिफिकेटले जवाफ दिएको बताइन् । 'श्रीमतीको इच्छा विपरित यदी श्रीमानले शारीरिक सम्बन्ध राख्छ भने त्यो बलात्कार हो । फिल्मले यही कथा बोल्छ । फिल्ममा कहिँ भल्गर सिन छैन', निर्देशक श्रेष्ठले फिल्मीखबरसँग कुरा गर्दै भनिन् । 
 
 
विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । यो फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।
 
अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् । यो फिल्म असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ । 
Most Visited News (monthly)