कलाकारलाई अवार्डको लोभ कतिसम्म हुन्छ ? अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई हेर्दा नै छर्लङ्ग हुन्छ । असोज ५ गते उनको नयाँ फिल्म 'इन्टु मिन्टु लण्डनमा' प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति संघारमा हुँदा एउटा कलाकारलाई प्रचार-प्रचारमा कडै दौडधुप हुन्छ ।
 (1).jpg)
अभिनेत्री साम्राज्ञी भने अहिले जापानमा छिन् । 'तिमीसँग' र 'कायरा' बक्सअफिसमा असफल भएका कारण उनका लागि उक्त फिल्म अग्नीपरिक्षा हो । यो फिल्मले नै उनको करिअरको बाटोले नयाँ गतिले दिने धेरैको विश्वास छ ।
तर, साम्राज्ञीलाई भने कुनै सुर्ता छैन । अवार्ड पाउने भएपछि फिल्मको प्रचारलाई झ्वाट्टै छाडेर उनी जापान उडिन् । 'सुर्य अवार्ड' मा उनले 'एक मेरो हजुर २' बाट पपलुर अभिनेत्रीको अवार्ड पाएकी छिन् । उनी उता रमझममा व्यस्त हुँदा यता निर्देशक रेनाशा वान्तवा राईलाई भने सकस भइरहेको छ ।
अहिले निर्देशक राई आफैं हिरोइन बनेर हिँडिरहेकी छिन् । आइतवार राजधानीमा भएको 'एलजी सिने सर्कल अवार्ड' मा उनले डेब्यु ब्वाई धिरज मगरसँग 'उडायो हावाले...' गीतमा ठुम्का लगाइन् । खासमा उनको ठाउँमा साम्राज्ञी हुनु पर्ने हो तर बाध्यता यस्तो आइपर्यो कि उनी नै हिरोइन हुनुपर्यो ।
अवार्ड समारोहमा उपस्थित चलचित्रकर्मी र पत्रकारले त रेनाशालाई निर्देशक नै सम्झिए । अभिनेत्रीको अनुपस्थितिमा हिरोलाई साथ दिएको बुझे । उपराष्ट्रपति नन्दबहादुर पुन र बलिउड सुपरस्टार गोविन्दाले त हिरोइन सम्झिएनन् होला र ?
 (2).jpg)
नेपाल हुँदा साम्राज्ञी फिल्मको प्रचारमा नदौडिएकी होइनन् । तर, फिल्म रिलिजको संघारमा झन् बढी समय दिनु पर्नेमा लिड हिरोइन नै विदेश जाँदा घाटा कसलाई हुन्छ ? के सुटिङ गरेपछि कलाकारको धर्म सकिने हो ?

