Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२० वर्षपछि ऋषि र जूहीको जोडी पर्दामा

एजेन्सी, मुम्बई, 2018/09/18
करीब २० वर्षपछि बलिउड अभिनेता ऋषि कपूर र अभिनेत्री जूही चावलाको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ । यी दुई स्टार्स एक पारिवारिक कमेडी फिल्ममा देखिन लागेका हुन् । 
 
 
सोमवार सोसल मिडियाबाट यसको जानकारी गराइएको छ । यो जोडीलाई पछिल्लो पटक १९९६ मा फिल्म ‘दरार’ मा देखिएको थियो । जूही चावलाले सोसल मिडियामा यस फिल्मको स्टारकास्टको एक तश्बिर शेयर गरेकी छन् । 
 
उनका अनुसार, फिल्मको छायांकन चाँडै सुरु हुनेछ । ठूलो पर्दामा ऋषि कपूर र जूहीको जोडी सुपरहिट रहेको थियो । यो कपलले 'बोल राधा बोल', 'ईना मीना डीका' र 'साजन का घर' जस्ता फिल्ममा काम गरिसकेका छन् । 
 
मेकर्सबाट प्राप्त जानकारी अनुसार, फिल्मको अहिलेसम्म नाम तय भइसकेको छैन । यसको निर्माण सोनी पिक्चर्स इन्टरनेशनल प्रोडक्शंस इन इन्डिया र  र म्याकगुफिन पिक्चर्सले गर्नेछ । 
दिल्लीको पृष्ठभूमि भएको यस फिल्मलाई हितेष भाटियाले निर्देशन गर्नेछन् । भाटिया र सुप्रतिक सेनले अहिले फिल्मको कहानी लेखिरहेका छन् । 
Most Visited News (monthly)