Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ढल्की ढल्की’ नाचे प्रियंका र आयुष्मान (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/17
कात्तिक १६ गतेलाई प्रदर्शन मिति लक गरिएको मल्टिस्टारर फिल्म ‘चङ्गा चेट’ को दोस्रो गीत रिलिज भएको छ । ‘गोजीमा दाम छैन’ गीतलाई यूट्युबमा ४५ लाख बढीले हेरिसकेको अवस्थामा निर्माण टिमले ‘ढल्की ढल्की...’ गीत इन्टरनेट रिलिज गरेको हो । 
 
 
गीतमा रियल जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशी फिचर्ड छन् । आयुष्मान, प्रियंकालाई जीएफ नभएर पर्मानेन्ट बुढी बनाउने बताउँदैछन् । सन्दिप क्षेत्री, रबिन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा पनि भिडियोमा प्रस्तुत छन् । 
 
अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा हरिहर तिमल्सिनाको शब्द तथा मिस्टर आरजेको संगीत छ । प्रविन सिंह गीतका कोरियोग्राफर हुन् । दीपेन्द्र के. खनाल निर्देशित फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले सयूंक्त रुपमा बनाएका हुन् । 
 
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यो फिल्ममा अर्जुन पोखरेलको पनि संगीत छ । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् । फिल्म डार्क कमेडी रहेको निर्देशक खनाल बताउँछन् । 
 
निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्ममा सूर्य ठोकरको द्वन्द्व छ । पहिलो गीतबाट मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको निर्माण टिम दोस्रो गीतलाई पनि दर्शकले रुचाउनेमा विश्वस्त देखिएको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)