Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाँध मायाले’ पोस्टरमा आर्यन र सृष्टिको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2018/09/17
शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘बाँध मायाले’ । अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर यस फिल्मको गीतसंगीत र ट्रेलरले राम्रो हाइप बनाएको छ । अब हलमा दर्शकको उपस्थिति कस्तो होला ? हेर्न बाँकी छ । 
 
 
रिलिज डेट ढोकै अगाडि आइसकेको अवस्थामा निर्माण टिमले दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा लिड कलाकार आर्यन र सृष्टि मात्र फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । 
 
सार्वजनिक पोस्टरबाट ‘बाँध मायाले’ पूर्ण रुपमा लभ स्टोरी फिल्म हो भन्ने अनुमान गर्न सकिन्छ । फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । 
 
फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । फिल्ममा सृष्टि र आर्यनसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय छ । 
 
 
पहिलो पटक स्क्रिन साझेदारी गरेका आर्यन र सृष्टि ‘बाँध मायाले’ मा अर्जुन र श्रद्धाको भूमिकामा छन् । सविर श्रेष्ठ यसका निर्देशक हुन् । बक्सअफिसमा यो फिल्म 'इन्टु मिन्टु लण्डनमा' सँग भिड्दैछ । 
Most Visited News (monthly)