Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘तिमीसँग’ मा नाजिर हिरो कि साइड हिरो ?

फिल्मीखबर, काठमाण्डौ, 2018/09/17
नेपालीमा उखान छ नी- 'कहीं नभएको जात्रा हाँडीगाउँमा ।' आइतवार राजधानीमा आयोजना भएको तेस्रो 'एलजी सिने सर्कल अवार्ड' मा यस्तै जात्रा देखियो । अभिनेता नाजिर हुसेन उत्कृष्ट अभिनेता जो बने । 
 
फिल्म 'तिमीसँग' मा उनी साइड हिरो थिए । उक्त फिल्मका लिड हिरो आकाश श्रेष्ठ हुन् । लिड हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाह । तर, 'एलजी सिने सर्कल अवार्ड' मा नाजिरले उत्कृष्ट अभिनेता (हिरो) को अवार्ड हात पारे । 
 
पपुलर अवार्ड अभिनेता प्रदीप खड्काले आफ्नो पोल्टामा पारेपछि धेरैलाई लागेको थियो अब उत्कृष्ट अभिनेताको अवार्ड फिल्म 'मंगलम' बाट अभिनेता पुष्पल खड्काले आफ्नो पक्षमा पार्नेछन् । तर, उनलाई क्रिटिक्स अवार्डमा चित्त बुझाइयो । 
 
उक्त अवार्डमा सरोज खनाल (पञ्चायत), राज कटुवाल (लाल्टिन), दयाहाङ राई (त्यान्द्रो), अनमोल केसी (कृ), प्रदिप खड्का (लिलिबिली), नाजिर हुसेन (तिमीसँग) र पुष्पल खड्का (मंगलम) बाट 'द बेस्ट एक्टर' (मेल) को विधामा मनोनित थिए । 
 
 
प्रदीप र पुष्पल उत्कृष्ट अभिनेताको रेसमा अयोग्य ठहरिएपछि पुनः अर्को अनुमान सुरु भयो । अब 'कृ' बाट अनमोल नभए 'त्यान्द्रो' बाट दयाहाङ । तर नतिजा विपरित आयो जब साँझ ६ बजे बलिउड सुपरस्टार गोविन्दाकी छोरी टिनाले नाजिर हुसेनको नाम लिइन् । 
 
राष्ट्रिय सभा गृहमा भएको अवार्डमा निकैबेर कानेखुसी चल्यो । उनी 'तिमीसँग' मा लिड हिरो हुन् र ? उपस्थित पत्रकार र चलचित्रकर्मी नै अलमलमा परे । उता निर्देशक शिशिर राणा आफ्नो फिल्मबाट नाजिरले उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा दंग देखिन्थे । 
 
यो फिल्म 'एलजी सिने अवार्ड' मा उत्कृष्ट घोषित भएको छ । अवार्डका जुरीलाई अभिनेता र चरित्र अभिनेता छुट्याउन गाह्रो भएको त होइन ? या जसलाई दिएपनि नेपाली अवार्डको अर्थ के ? भन्ने लागेको पो हो कि ?
 
'तिमीसँग' मा नाजिरको अभिनयको न दर्शक न त समीक्षकहरुले नै तारिफ गरेका थिए । बरु फिल्म 'राज्जा रानी'  बाट उनी यसका लागि हकदार थिए । जे भएपनि जुरीको नजरमा उत्कृष्ट ठहरिएका नाजिरलाई बधाई !
Most Visited News (monthly)