Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीताले भिनाजु भनेपछि गोविन्दाले भने, ‘मेरी साली’

फिल्मीखबर, काठमाण्डौ, 2018/09/17
बलिउड सुपरस्टार गोविन्दालाई नेपालमा अनेकन साइनोले बोलाइन्छ । नेपाली चेली सुनिता अहुजासँग विवाह गरेका कारण उनलाई अधिकांश नेपालीले 'ज्वाइँ' र 'भिनाजु' भन्ने गर्छन् । अहिले उनी तीन दिने बसाईका लागि काठमाडौंमा छन् । 
 
आइतवार राजधानीमा सम्पन्न 'एलजी फिल्म अवार्ड' मा सहभागी हुनका लागि उनी नेपाल आएका हुन् । उनको साथमा छोरी टिना पनि छिन् । नेपाल ओर्लिएदेखि उनलाई हरेकले ज्वाइँ र भिनाजुको साइनोले मात्र बोलाइरहेका छन् । 
 
अवार्ड समारोहमा बोल्ने अधिकांश चलचित्रकर्मीले पनि 'ज्वाइँ साप' लाई नेपालमा स्वागत छ भन्दै उनीप्रति माया दर्शाएका थिए । अभिनेता रमेश उप्रेतीले आफू ठूलो फ्यान रहेको भन्दै आँखा सामुन्ने देख्दा नर्भस भएको बताए । 
 
 
गायक टिका भण्डारीले त उनको एक फन्नी स्टेप नै गरेर देखाइदिए । अभिनेत्री नीताले भने गोविन्दालाई भिनाजुको साइनो लगाइन् । उनले भनिन्, 'दिदी विवाह गरेपछि भिनाजु त भन्नु पर्‍यो नी ?' दर्शक दिर्घामा रहेका गोविन्दाले हाँसो रोक्न सकेनन् । 
 
नेपाली राम्रोसँग बुझ्ने उनले आफ्नो भनाई राख्ने क्रममा नीतालाई साली भन्दै जिस्काए । 'मेरी साली पनि आएकी छिन् रे !' नीतातर्फ हेर्दै उनी मज्जाले हाँसे । बलिउडका चर्चित अभिनेताले आफूलाई सम्झिएकोमा नीता दंग परिन् । 
 
गोविन्दाले भने, 'म जुन देश गएपनि यदी कसैले जिजु (भिनाजु) भनेर बोलाए ऊ नेपालबाट आएको हो भन्ने सम्झिहाल्छु ।' उनले आफूलाई नेपालबाट धेरै प्रेम मिलेको बताए । उनी नेपाल आफ्नो पहिलो प्रेम रहेको बताउँछन् । 
 
'मेरो पहिलो प्रेम नेपाली युवतीसँग भयो', उनले भने । नेपाललाई प्रेम र साहसको धर्ती भन्दै गोविन्दाले प्रशंसा गर्न पनि छाडेनन् । कार्यक्रममा उनको नयाँ फिल्म 'फ्राईडे' को ट्रेलर पनि देखाइएको थियो । 
Most Visited News (monthly)