आइतवार दुई नेपाली फिल्म अवार्ड सम्पन्न भएका छन् । 'एजली सिने सर्कल अवार्ड' काठमाडौंमा हुँदा 'सुर्य इन्टरनेशनल अवार्ड' संसारको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमा भएको छ ।
 (3).jpg)
एलजी अवार्डमा फिल्म 'तिमीसँग' बाट नाजिर हुसेन र 'पञ्चायत' बाट नीता ढुंगाना उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित हुँदा सुर्य अवार्डमा फिल्म 'म यस्तो गीत गाउँछु' बाट अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा उत्कृष्ट ठहरिएका छन् ।
 (5).jpg)
'सुर्य अवार्ड' १२ विधा र मास पपुलर ४ विधामा बाँडिएको थियो । दर्शकले दिएको भोटको आधारमा पल र पूजाले उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड चुमेका हुन् । यही फिल्मबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशकको अवार्ड उचाले । यो फिल्म नै उत्कृष्ट घोषित भयो ।
 (4).jpg)
सह-अभिनेतातर्फ फिल्म 'ऐश्वर्य' बाट प्रशान्त ताम्राकार र सह-अभिनेत्रीतर्फ बर्षा राउतले 'छक्का पञ्जा २' बाट बाजी मारिन् । मास पपुलर अवार्ड 'कृ' बाट अभिनेता अनमोल केसी र 'ए मेरो हजुर २' बाट अभिनेत्री साम्राज्ञी आरएल शाहले हात पारे ।
 (2).jpg)
'जो गयो उसैले पायो' जस्तै देखिएको सुर्य अवार्ड 'शत्रुगते' बाट उत्कृष्ट निर्देशकको अवार्ड प्रदिप भट्टराईले हत्याउँदा उत्कृष्ट फिल्मको अवार्ड 'छक्का पञ्जा २' को पोल्टामा गयो । अवार्ड समारोहमा बरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाइफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
 (1).jpg)
भुवन केसीलाई सुर्य कलाकरिता सम्मान प्रदान गरिँदा सामिप्यराज तिमल्सिना 'सुर्य चलचित्र पत्रकारिता' र श्रीधर पौडेल 'फोटो पत्रकारिता पुरस्कार' बाट पुरस्कृत र सम्मानित भएका थिए । पुरस्कृत पौडेललाई नगद १५ हजार प्रदान गरिएको थियो ।

अरु कस-कसले जिते अवार्ड ?
१. पपतर्फ : गायक कमल खत्री र गायिका ईन्दिरा जोशी
२. लोकतर्फ : गायक रामजी खाँड र गायिका सम्झना मगर
३. आधुनिक गायनतर्फ : गायक राजेश पायल राई र गायिका मेलिना राई

