Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘एलजी फिल्म अवार्ड’ : नाजिर र नीता उत्कृष्ट, प्रदीप र प्रियंका पपुलर

फिल्मीखबर, काठमाण्डौ, 2018/09/16
 
'द दिनेश डिसी प्रोडक्शन' ले गएको दुई वर्षदेखि आयोजना गर्दै आइरहेको 'एलजी सिने सर्कल अवार्ड' को तेस्रो संस्करण आइतवार राजधानीमा सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड सुपरस्टार गोविन्दाको विशेष उपस्थितिमा सम्पन्न अवार्डमा शिशिर राणा निर्देशित फिल्म 'तिमीसँग' उत्कृष्ट ठहरिएको छ । 
 
 
अवार्डमा 'भुइँमान्छे' बाट नवराज बुढाथोकीले उत्कृष्ट निर्देशकको अवार्ड आफ्नोतर्फ गर्दा अभिनेता नाजिर हुसेनले फिल्म 'तिमीसँग' बाट उत्कृष्ट नायकको अवार्ड आफ्नो पोल्टामा पारे । यस्तै, फिल्म 'पञ्चायत' बाट अभिनेत्री नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । 
 
 
वर्षको पपुलर अभिनेता प्रदीप खड्का फिल्म 'लिलिबिली' बाट हुँदा 'छक्का पञ्जा २' बाट अभिनेत्री प्रियंका कार्की पपुलर अभिनेत्री बन्न सफल भइन् । गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'मंगलम' बाट अभिनेता पुष्पल खड्काले क्रिटिक्स अवार्ड उचाले । 
 
 
अवार्ड समारोहमा मृगौला रोगबाट पीडित 'राँको', 'करोडपति', 'सिमारेखा', 'घामछायाँ', 'एक नम्वरको पाखे', 'कर्जा', 'घुम्टो' जस्ता दर्जनौ नेपाली फिल्म निर्देशक किशोर राना ५१ हजार सहित लाईफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । अवार्डको जुरी सदस्यमा दिनेश डिसी, कृष्णा भट्टराई र महेश खड्का रहेका थिए । 
 
 
नयाँ पुस्ताका कलाकारहरुको निकै कम उपस्थिति देखिएको अवार्ड समारोहमा शिव श्रेष्ठ, सरोज खनाल, रमेश उप्रेती, निर्मल शर्मा, रुपा राणा, केदार घिमिरे, प्रदीप खड्कालगायतका चलचित्रकर्मी सहभागी भएका थिए । प्रदर्शनको तरखरमा रहेका 'इन्टु मिन्टु लण्डनमा' र 'सुश्री सम्पत्ति' फिल्मका कलाकारले अवार्ड इभेन्टमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । 
 
 
अवार्ड समारोहमा बोल्दै बलिउड अभिनेता गोविन्दाले ससुराली देशमा मिलेको प्रेमले मन प्रफुलित भएको बताए । उनले भने, 'नेपाल मेरो पहिलो प्रेम हो । किनकी मैले पहिलो प्रेम नेपालकी छोरीसँग गरेको थिएँ ।' उनले नेपाली अभिनेत्रीहरुको सौन्दर्यको पनि प्रशंसा गरे । उनकी छोरी टिना अहुजाले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड प्रदान गरेकी थिइन् । 
 
अवार्ड विजेताको नामावली :-
 
१. पोस्टर अफ दि इयर : शत्रुगते, सान थापा/विजय वश्याल
२. ट्रेलर अफ दि इयर : सुरेन्द्र पौडेल - कृ
३. स्टण्ट अफ दि इयर : पिंजडा ब्याक अगेन - सिम्पसन तामाङ
 
 
४. पपुलर गीत अफ दि इयर : कुटुमा कुटु - ‘दुई रुपैयाँ’
५. भिएफएक्स अफ दि इयर : माओत्सु मुकामी - माइलभ
६. कम्मेन्डेवल फिल्म अफ दि इयर : पञ्चायत
 
 
७. पपुलर एक्टर अफ दि इयर : प्रदिप खड्का
८. पपुलर एक्ट्रेस अफ दि इयर : प्रियंका कार्की
९. व्याकग्राउण्ड स्कोर अफ दि इयर : एलिश कार्की
 
 
१०. एडिटर अफ दि इयर: मित्र डि गुरुङ - शत्रुगते
११. स्क्रिनप्ले अफ दि इयर : तिमीसँग
१२. सिनेमाटोग्राफर अफ दि इयर : भुइँमान्छे, बिदुर पाण्डे
 
 
१३. एक्सन डिरेक्टर अफ दि इयर : चन्द्र पन्त - कृ
१४. कोरियोग्राफर अफ दि इयर : कविराज गहतराज - कुटुमा कुटु
१५. प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’ : सुगम पोखरेल - भन्छु आज
 
 
१६. प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल ’ : मेलिना राई - कुटुमा कुटु
१७. अन स्क्रिन कपल अफ दि इयर : रमेश उप्रेती र दीपिका प्रसाईं
१८. म्युजिक डिरेक्टर अफ दि इयर : अर्जुन पोखरेल - भन्छु आज
 
 
१९. एक्ट्रेस अफ दि इयर: नीता ढुङ्गाना - पञ्चायत
२०. एक्टर अफ दि इयर: नाजिर हुसेन - तिमीसँग
२१. डिरेक्टर अफ दि इयर: नवराज बुढाथोकी - भुइँमान्छे
 
 
२२. फिल्म अफ दि इयर :  तिमीसँग
२३. क्रिटिक्स अवार्ड : पुष्पल खड्का
२४. लाइफटाइम एचिभमेन्ट अवार्ड : किशोर राना
Most Visited News (monthly)