Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जापानमा साम्राज्ञी र बर्षाको निकटता

फिल्मीखबर, काठमाण्डौ, 2018/09/16
अभिनेत्री-अभिनेत्रीबीच मित्रता कम दुश्मनी बढी हुन्छ भनिन्छ । तात्तातो उदाहरणका लागि अभिनेत्री द्वय आँचल शर्मा र पूजा शर्माको नै काफी छ । केही समय अगाडिसम्म भयंकर मित्रता देखाएका यी दुई अभिनेत्रीको अहिले 'पानी बाराबार' छ । यहाँ अभिनेत्रीहरुबीच 'रियल र फेक' दुई सम्बन्ध स्थापित भइरहेको हुन्छ । 
 
 
देखाउनका लागि सबै ठिकठाक तर वास्तविकतामा सम्बन्ध ३६ को आँकडामा हुन्छ । निकै कम अभिनेत्री साथी बनाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले अभिनेत्री बर्षा राउतसँग निकै नजिक देखिएकी छन् । हाल दुई अभिनेत्री 'सुर्य अवार्ड' का लागि जापानमा छन् । 
 
सामाजिक सञ्जालमा औधि सक्रिय रहने साम्राज्ञी प्रायः आफ्ना मात्र तश्बिरहरु शेयर गरिरहेकी हुन्छिन् । तर, जापान पुगेर आफ्नोसँगै उनको मोवाइलमा अभिनेत्री राउत पनि कैद भएकी छन् । जुन तश्बिर उनले फेसबुक र इन्स्ट्रामा शेयर गरेकी छन् । तश्बिरमा दुई अभिनेत्रीको निकटता खुबै देखिन्छ । 
 
 
इन्स्ट्रामा साम्राज्ञीले एक रमाइलो तश्बिर शेयर गरेकी छन्, जहाँ दुबै ऐना अगाडि आफ्नो सेल्फी लिँदैछन् । अर्को रमाइलो के भने साम्राज्ञीले इन्स्ट्रा र फेसबुकमा जापान पुगेर जति पनि आफ्नो सिंगल तश्बिर शेयर गरेका ती सबै बर्षाले खिचिदिएकी हुन् । 
 
जापान पुगेका झन्डै ५० जना कलाकारले विभिन्न कलाकारसँगको तश्बिरहरु सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन् तर कहिँ साम्राज्ञी देखिएकी छैनन् । जहाँ बर्षा छिन् त्यहाँ भने उनी छुटेकी छैनन् । निर्देशक प्रदीप भट्टराईको सेल्फीमा पनि बर्षा र साम्राज्ञीलाई देख्न सकिन्छ । 
 
 
नेपाली फिल्मका दुई लिडिङ लेडीले जापानमा 'रुम शेयर' गर्नु परेर यो दोस्ती देखिएको हो वा वास्तवमै मित्रताको सुरुवात भएको हो ? यो भने हेर्न बाँकी छ । दुई स्टार्सको मित्रताले उनीहरुका फ्यानलाई भने अवश्य पनि खुसी तुल्याएको छ । दिगो मित्रताका लागि साम्राज्ञी र बर्षालाई शुभकामना !
Most Visited News (monthly)