Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलेजका विद्यार्थी फकाउँदै आर्यन र सृष्टि

फिल्मीखबर, काठमाण्डौ, 2018/09/16
फिल्म ‘बाँध मायाले’ को प्रदर्शन मिति दैलोमा आइसकेको छ । असोज ५ गतेबाट फिल्म देशभरका हलमा लाग्दैछ । गीतसंगीत र ट्रेलर रिलिजपछि चर्चामा रहेको यस फिल्मले अहिले आफ्नो प्रचारलाई तिव्र तुल्याएको छ । 
 
 
आइतवारबाट निर्माण टिमले कलेजका विद्यार्थी फकाउन सुरु गरेको छ । नायक आर्यन अधिकारी, नायिका सृष्टि श्रेष्ठ, निर्देशक सविर श्रेष्ठ, नव-नायक किशोर खड्का र फिल्मका कार्यकारी निर्माता केदार धितालको टोली कुमारी पाटीको मोलिस र मेघा कलेज पुगेको थियो । 
 
 
ती कलेजका विद्यार्थीहरुले फिल्मप्रति चासो राखेर प्रश्न गरेको निर्देशक सविरले बताए । आर्यन र सृष्टि कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भई अटोग्राफ र सेल्फी लिएको उनको भनाई छ । दर्शकलाई मन पर्ने फिल्म बनाएको उनको दाबी छ ।
 
 
सोमवार दर्जन बढी कलेजमा पुग्ने लक्ष्य निर्माण टिमको छ । निर्माता धितालले दर्शकले फिल्मप्रति देखाएको उत्सुकता अनि चासो तथा लिड अभिनेता अभिनेत्रीप्रतिको क्रेजले फिल्म सफलताको संकेत दिएको बोले ।  
 
 
‘बाँध मायाले’ मा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको पनि अभिनय छ । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । 
Most Visited News (monthly)