Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गोविन्दालाई नेपाली फिल्म खेल्ने इच्छा

फिल्मीखबर, काठमाण्डौ, 2018/09/15
बलिउड सुपरस्टार गोविन्दा आफ्नी छोरी टिना अहुजासँग शनिवार काठमाडौं आइपुगेका छन् । तीन दिने बसाईका लागि नेपाल आएका उनी आइवार राजधानीमा हुने 'एलजी फिल्म अवार्ड' मा सहभागी हुनेछ । उक्त अवार्ड दिउँसो राजधानीको राष्ट्रिय सभा गृहमा हुँदैछ । 
 
 
गोविन्दालाई नेपालको 'ज्वाइँ' भनिन्छ । उनकी श्रीमती सुनिता अहुजा नेपाली मुलकी हुन् । गोविन्दा श्रीमतीसँग आउने भनिएता पनि विरामी भएका कारण आउन सकिनन् । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रीमतीले भनेको सबै ठाउँमा पुग्ने बताए । 
 
बोल्न नआएपनि उनी नेपाली भाषा राम्रोसँग बुझ्न सक्छन् । नेपालीमा केही शब्द बोल्दिनुस् न ? भन्दै पत्रकारले आग्रह गरेपछि गोविन्दाले हिन्दी लवजमा नेपाली बोल्दै भने, 'अलिअलि आउँछ । कस्तो छ ?' उनले नेपाली बोलेको सुनेपछि छेवैमा रहेकी छोरीले हाँसो रोक्न सकिनन् । 
 
उनले आफूलाई नेपाली बोल्न नआएपनि राम्रोसँग बुझ्ने बताए । 'एकदिन नेपाली फिल्म खेल्छु अनि थाहा पाउनुहुन्छ', गोविन्दाले हाँस्दै भने । उनले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै प्रशंसा गरे । गोविन्दा पशुपतिनाथको दर्शन गर्न आफू पटक-पटक नेपाल आउने गरेको बताउँछन् । 
 
उनी अवार्ड समारोहमा सहभागी मात्र हुने छैनन् । पशुपतिनाथको दर्शन, चन्द्रागिरी हिल्सको भ्रमण, चौधरी ग्रुपसँग डिनर र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम छ । प्राप्त जानकारी अनुसार, उनले श्रीमती सुनिताका केही आफन्तसँग पनि भेट गर्नेछन् ।  
 
 
सन् २००९ मा काठमाडौं आएको बखत उनले भक्तपुरमा जग्गा किन्ने र घर बनाउने कुराले ठूलो चर्चा पाएको थियो । पत्रकारले उनबाट यसबारे पनि बुझ्न खोजे । उनले यो कुरामा सत्यता नभएको स्पष्ट पारे । 'म खासगरि पशुपतिनाथको दर्शनका लागि नै नेपाल आउँछु', गोविन्दाले भने । 
Most Visited News (monthly)