Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मार्वलको फिल्ममा सुपरहिरोको रोल गर्लान् शाहरुखले ?

एजेन्सी, मुम्बई, 2018/09/15
बलिउड अभिनेता शाहरुख खानका लागि मार्वल फिल्म्सको दिलमा विशेष स्थान छ । मार्वलको फिल्ममा यसको प्रमाण पनि भेटिएको छ । हालै रिलिज भएको 'डेडपूल २' मा डेडपूल र डोपिन्डरलाई शाहरुखको फिल्मको गीत सुन्दै देखिएको थियो । 
 
रिपोर्ट्सका अनुसार, मार्वलको फिल्मको फ्यान बेस भारतमा पनि निकै छ । यो सबै 'एभेन्जर्स इन्फिनिटी वार' रिलिज पछि भएको हो । मार्वलको क्रियटिभ डेभलपमेन्टमा भ्वाइस प्रेसिडेन्ट रहेका स्टीफन वाकर अब यसलाई रिडिम गर्नका लागि शाहरुखलाई कास्ट गर्ने योजना बनाइरहेका छन् । 
 
 
उनले भने, 'यदी हामीले भारतीय कन्टेटमा फिल्म बनायौं भने त्यसमा शाहरुख खानलाई लिन चाहन्छौं ।' मार्वल, हलिउडमा सुपरहिरो फिल्म बनाउनका लागि चर्चित छ । त्यसो त शाहरुखले आफ्नो हिन्दी फिल्म 'रा वन' मा सुपरहिरोको रोल निभाएका थिए । 
 
शाहरुखलाई कास्ट गर्ने विषयमा स्टीफन भन्छन्, 'हामी एक यस्तो भूमिका बनाउन चाहन्छौं, जुन भारतको होस् । यो यसकारण कि हामी भारतीय संस्कृतिलाई उत्तरी अमेरिकामा रहेको मार्वलका फ्यानलाई देखाउन चाहन्छौं ।' 
 
'उनीहरुलाई पनि दुनियाँको एक अलग हिस्साको बारेमा जान्न आवश्यक छ' उनले भने, 'मलाई लाग्छ कि मार्वलका लागि यो निकै उत्साहित गर्ने कुरा हो ।' 'भारतले पनि मार्वलसँग यति जोडिएको महशुस गरोस् कि जति न्यूयोर्कको एक बच्चाले महशुस गर्छ', स्टीफनले भने । 
Most Visited News (monthly)