Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा बिक्री

फिल्मीखबर, काठमाण्डौ, 2018/09/15
दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा बिक्री भएको छ । स्रोतका अनुसार, हाइलाइट्स नेपालले उक्त फिल्म एक करोडमा खरिद गरेको छ । अब यो फिल्मको विदेश प्रदर्शनको मोलमलाई हाइलाइट्सले मात्र गर्नेछ । 
 
यो यूट्युब कम्पनीले यसअघि ‘छक्का पञ्जा २’ को डिजिटल र ओभरसिज राइट्स ९५ लाखमा खरिद गरेको थियो । निर्माता तथा कलाकार दीपकराज गिरीले यसपटक फिल्मको डिजिटल राइट्स बिक्री नगरेको बताए । 
 
उनले भने, 'हामी अब यूट्युबमा भन्दा नेटफिक्स जस्ता भिडियो साझेदारी साइटमा आउन चाहन्छौं । ६-६ महिनामा फिल्म यूट्युबमा रिलिज हुँदा हलको व्यापारलाई धेरै कम गरिरहेको छ । यही कारणले यसपटक फिल्म यूट्युबमा रिलिज नगर्न लागेका हौं ।'
 
 
'पहिलो नम्बरमा' र 'पछि उमेर ढल्किन्छ' गीतका कारण चर्चामा रहेको ‘छक्का पञ्जा ३’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दशैँमा रिलिज हुने भनिएता पनि अझैसम्म यो दिन भनेर निर्माण टिमले लालमोहर लगाएको छैन । 
 
फिल्मले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् । 
 
फिल्ममा दीपकका अलावा दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसी, बुद्धि तामाङलगायतको अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् । 
Most Visited News (monthly)